Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

‘विप्लव’लाई काठमाडौं ल्याउन सरकारी पक्षले हेलिकोप्टर राखे ‘स्ट्यान्डबाई’

‘विप्लव’लाई काठमाडौं ल्याउन सरकारी पक्षले हेलिकोप्टर राखे ‘स्ट्यान्डबाई’

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २०, २०७७ बिहिवार • १५:१३:३० बजे
  • 2.0K
    SHARES
  • ‘विप्लव’लाई काठमाडौं ल्याउन सरकारी पक्षले हेलिकोप्टर  राखे ‘स्ट्यान्डबाई’

    मयुरपाटी न्युज - नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लाई काठमाडौं ल्याउन सरकारी पक्षले हेलिकोप्टर स्ट्यान्डबाई राखेको छ । उच्च स्रोतका अनुसार एक निजी कम्पनीको हेलिकोप्टर स्ट्यान्डबाई राखिएको हो ।

    images

    सरकार र विप्लव समूहबीच आज भएको तीनबुँदे सहमतिपछि विप्लव सार्वजनिक हुने भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले भोलि राजधानीमा एक कार्यक्रमलाई संयुक्त रूरुपमा सम्बोधन गर्ने कार्यक्रम छ । विप्लव कहाँ छन् भन्ने खुलाइएको छैन ।

    स्रोतले भन्यो, विप्लवलाई ल्याउन हेलिकोप्टर तयारी अवस्थामा छ । उनी कहाँ छन् थप जानकारी छैन । भोलि सबै कुरा खुल्नेछ ।

    विप्लव पछिल्लो तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । तर, पार्टीनिकट सञ्चारमाध्यमलाई भने उनले अन्तर्वार्ता दिँदै आएका थिए । विप्लव समूहमाथि ओली नेतृत्वको तत्कालीन सरकारले नै ०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology