Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपाको किचलो भित्रबाट जानु भन्दा कांग्रेसले अब हुने चुनावबाटै मुलुकको नेतृत्व लिनु पर्छ - थापा

नेकपाको किचलो भित्रबाट जानु भन्दा कांग्रेसले अब हुने चुनावबाटै मुलुकको नेतृत्व लिनु पर्छ - थापा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २०, २०७७ बिहिवार • २१:३२:५९ बजे
  • 2.1K
    SHARES
  • नेकपाको किचलो भित्रबाट जानु भन्दा कांग्रेसले अब हुने चुनावबाटै मुलुकको नेतृत्व लिनु पर्छ - थापा

    महोत्तरी - नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताएका छन्।

    images

    महोत्तरीको बर्दिवासमा बिहीबार कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभइ आउने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुने नै आफ्नो दलको कार्यदिशा हुनपर्ने बताएका हुन्।

    अब नेकपाभित्रको किचलोमा खेलेर सरकारमा जानुको सट्टा प्रतिनिधिसभाको अब हुने चुनावबाटै मुलुकको नेतृत्व कांग्रेसले गर्न पर्ने थापाले बताए।

    सभामा कांग्रेस नेतृ डिला सङ्ग्रौलाले नेकपाले जनादेशको अपमान गरेको र सत्ताको लुछाचुडीमा लागेर संसद् विघटनसम्म गरेको प्रसङ्ग राख्दै सर्वोच्चको फैसलाले बल्ल संविधान सही बाटोमा आएको उल्लेख गरिन्। रासस

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology