Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दक्षिण कोरिया : २४ घण्टाभित्र ४२४ जना कोरोना सङ्क्रमित थपिए,कुल संख्या ९१ हजार बढी

दक्षिण कोरिया : २४ घण्टाभित्र ४२४ जना कोरोना सङ्क्रमित थपिए,कुल संख्या ९१ हजार बढी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २०, २०७७ बिहिवार • २१:४७:३५ बजे
  • 1.2K
    SHARES
  • दक्षिण कोरिया : २४ घण्टाभित्र ४२४ जना कोरोना सङ्क्रमित थपिए,कुल संख्या ९१ हजार बढी

    पोखरा - सोल-दक्षिण कोरियामा गत २४ घण्टाभित्र ४२४ जना कोरोना भाइरस सङ्क्रमितको संख्या थपिएपछि कुल सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी भएको छ।

    images

    दक्षिण कोरियामा गत फेबु्रअरीको मध्यबाट एक दिनमा ३०० र ४०० को बीचमा संङ्क्रमित थपिने गरेको थियो। तर गत मङ्गलबार ४४४ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

    सो दिनको तुलनामा बुधबार केही कम भएको जनाइएको छ । बुधबार ४२४ जना मात्र कोरोना भाइरस सङ्क्रति भएका थिए।

    गत वर्ष नोभेम्बरदेखि कैयौ महिनायता कोरोना भाइरस सङ्क्रमितको संख्या एक सय बढी हुदै आएको थियो।

    दक्षिण कोरियाको राजधानी शहर सोल र जिओन्गी प्रान्तमा वरपर सङ्क्रमितहरु देखिदै आएका थिए । ती क्षेत्रहरुमा आयातित केसहरूले पनि प्राथमिता पाएको सरकारी अधिकारीहरु पुष्टि गरेका छन्।

    गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण थप सात व्यक्तिको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या १ हजार ६१९ जना पुगेका छन्।

    दक्षिण कोरियामा गत फेबु्रअरी २६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको छ।

    सो दिनदेखि हालसम्म एक लाख ५४ हजार ४२१ व्यक्तिले खोप लगाइसकेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology