पोखरा - सरकारसँग तीन बुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौंमा सार्वजनिक हुँदै छन् ।
सरकार र विप्लव नेकपाबीच हिजो विहिवार भएको तीनबुँदे सहमतिपछि विप्लव सार्वजनिक हुने भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले आजराजधानीमा एक कार्यक्रमलाई संयुक्त रूरुपमा सम्बोधन गर्ने कार्यक्रम छ । विप्लव कहाँ छन् भन्ने खुलाइएको छैन । आजको समारोहमा प्रधानमन्त्री ओली र महासचिव विप्लवबीच सहमति पत्रमा हस्ताक्षरसमेत हुने छ ।
बिहिवार बिहान सरकारी पक्ष र बिद्रोही नेकपा वीच भएको वार्तामा तीन बुदे सहमति भएको हो । उक्त सहमतिमा बिद्रोही नेकपाले समस्याको समाधन संम्बादबाट खोज्ने, सम्पुर्ण राजनैतिक क्रियाकलापहरु शान्तिपुर्ण रुपमा संञ्चालन गर्ने र राज्यले नेकपा माथी लगाएको प्रतिबन्धहटाउने , सम्पुर्ण बन्धीहरुको रिहाई र मुद्दा खारेजी लगाएतको सहमति भए पनि विप्लव नेकपासँग भएका हतियारको व्यवस्थापनको विषय उल्लेख छैन ।
राष्ट्रिय सभागृहको समारोहमा सरकार र विप्लव नेकपाले हतियार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जानकारी दिने अनुमान गरिएको छ ।
संसदवादी दलहरुबाट जनक्रान्ति सफल नहुने भन्दै विप्लवले छुट्टै पार्टी गठन गरी आफ्ना गतिविधि सुरु गरेका थिए । हत्या, हिंसालाई अंगालेको भन्दै सरकारले २०७५ फागुन २८ गते विप्लव नेकपामाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।