Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

काभ्रे हिरासतमा रहेका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोला रिहा,प्रहरीको सुरक्षासहित काठमाडौं आउदैँ

काभ्रे हिरासतमा रहेका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोला रिहा,प्रहरीको सुरक्षासहित काठमाडौं आउदैँ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २१, २०७७ शुक्रवार • ११:५७:२८ बजे
  • 772
    SHARES
  • काभ्रे हिरासतमा रहेका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोला रिहा,प्रहरीको सुरक्षासहित काठमाडौं आउदैँ

    काभ्रे — सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ता भएर ३ बुँदे सहमति भएपछि सो पार्टीका नेता कार्यकर्ता रिहा हुन थालेका छन् ।

    images

    संगठित अपराध, आगजनीलगायतका मुद्दामा ११ दिन देखि जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोला पनि शुक्रबार बिहान रिहा भएका छन् । परिवारका सदस्य, पार्टीका नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए । प्रहरीले सुरक्षासहित उनलाई काठमाडौं पठाएको छ ।

    नेता बास्तोलाले राजनैतिक ढंगले समाधान गर्न खोजेकाले आफूहरु वार्ताप्रति सकारात्मक भएको बताए । उनले कम्युनिस्ट पार्टीहरुबीच एकताको सम्भावना पनि भएको बताए । सर्वदलीय सरकारको कुरा उठेको छ नि भन्ने प्रश्नमा उनले सचिवालय बैठक बसेर यसबारे निर्णय गर्ने बताए ।

    सरकारसँग भएको सहमतिपछि नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटिसकेको छ । विभिन्न कारागार र हिरासतमा रहेका नेकपाका कार्यकर्ता रिहा गर्ने र मुद्दा खारेजी गर्ने पनि सहमतिमा उल्लेख छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology