Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री ओलीको भाषणको साइड इफेक्टः मोदीको निर्वाचन क्षेत्रमा नेपाली युवकको कपाल मुन्डन गरियो

प्रधानमन्त्री ओलीको भाषणको साइड इफेक्टः मोदीको निर्वाचन क्षेत्रमा नेपाली युवकको कपाल मुन्डन गरियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०७७ शुक्रवार • १९:४७:२८ बजे
  • 4.5K
    SHARES
  • प्रधानमन्त्री ओलीको भाषणको साइड इफेक्टः मोदीको निर्वाचन क्षेत्रमा नेपाली युवकको कपाल मुन्डन गरियो

    प्रधानमन्त्री केपी शर्मा ओलीले भागवान रामको जन्मस्थानबारे दिएको बयानको सजाय भारतमा रहेका नेपालीले भोग्नु परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री ओलीले रामको जन्मस्थल र उनी भारतवंशी भएकोमा प्रश्न उठाउँदै रामको जन्म नेपालमा भएको दाबी प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीको भाषणको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा विश्व हिन्दू सेना नामक संगठनले नेपाली युवकको कपाल मुन्डन गरेर टाउकोमा जय श्रीराम लेखेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यति मात्र होइन, उनीहरुले ती युवकलाई आफ्नो संगठन र भारतको समर्थनमा नारा लगाउन लगाएको र  प्रधानमन्त्री ओलीको विरुद्ध नाराबाजी पनि लगाएको समाचारमा उल्लेख छ ।

    images

    20200717_175752.jpg

    हिन्दूवादी संगठन विश्व हिन्दू सेनाले यस घटनाको भिडियो बनाएर र सामाजिक सञ्जालमा पोष्ट गरेको बताइएको छ ।  जब भिडियो भाइरल भएपछि प्रहरीले संगठनका अध्यक्ष र यसमा सामेलहरुविरुद्ध एफआईआर दर्ता गरेर पक्राउ गर्न खोजी सुरु गरेको समाचारमा उल्लेख छ । ती नेपाली युवकको परिचय भने भारतीय सञ्चारमाध्यममा खुलाइएको छैन । भाइरल भिडियोमा गंगाको घाट नजिक यो घटना भएको देखिन्छ जहाँ नेपाली युवकलाई संगठन र हिन्दूस्तान जिन्दावादको नारा लगाउन दबाब दिइरहेको देख्न सकिने समाचारमा बताइएको छ ।

     'उनीहरुले ती युवकलाई जय श्रीरामको नारा र केपी ओली मुर्दाबादको नारा पनि लगाउन लगाउँछन् । त्यसपछि ती नेपाली युवकले भारतमा उनलाई रोजगारी प्राप्त भएको र भारतले साहरा दिएको कुरा उल्लेख गर्छन् । उनले राम नेपालको नभएर भारतको भएको पनि बताउँछन् । र, अन्त्यमा जय श्रीराम र भारत माताको जयको नारा लगाउँछन्,' समाचारमा बताइएको छ ।

    20200717_175659.jpg

    हिन्दूवादी संगठनले बिहीबार नै वाराणसी चोक क्षेत्रस्थित नेपाली मन्दिर बाहिर चेतावनीसहितको पोस्टर लगाएका थिए । जसमा प्रधानमन्त्री ओलीले भगवान रामबारे दिएको बयान फिर्ता लिन माग गरेका थिए । उनीहरुले त्यसो नगरे भारतमा रहेका नेपालीले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । सो क्षेत्रका भारतीय प्रहरीका एसपी सिटी विकास चन्द्र त्रिपाठीका अनुसार अरुण पाठक नाम गरेका एक व्यक्तिले उक्त भिडियो फेसबुकमा पोष्ट गरेका हुन् । यस विषयमा भेलूपुर थानामा एफआईआर दर्ता भएको र दोषीलाई पक्राउ गर्न खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । स्रोतः आज तक, अमर उजाला

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology