शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्।
एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको विप्लवको पार्टीसँग आफ्नै सेना पनि छ। शुक्रबार सार्वजनिक हुँदा विप्लवलाई तिनै सेनाले सुरक्षा दिएर कार्यक्रमस्थल राष्ट्रिय सभागृह पुर्याउने छन्।
‘हाम्रो आफ्नै सेना छ भनेर खुलेआम भनेका छैनौँ,’ सो पार्टीका एक नेताले भने, ‘तर, महासचिवलाई आफ्नै टोलीले सुरक्षा दिएर कार्यक्रमस्थल पुर्याउनेछ।’
औपचारिक रुपमा हतियार नउठाएको भएर उनीहरुले आफ्नो सेनाको संख्या सार्वजनिक गरेका छैनन्।
‘हाम्रो नेताहरुको सुरक्षामा खटिएको टीम छ,’ ती नेताले भने, ‘औपचारिक रुपमा सेना नभनेकोले ड्रेसकोड चैँ छैन।’
कार्यक्रम सुरु हुनुभन्दा केही मिनेटअघि मात्र विप्लवलाई सभास्थलमा पुर्याइने उनले बताए।
पछिल्लो समय विप्लवको पार्टीले अन्य पार्टीहरुसँग संयुक्त मोर्चा बनाएको छ। मोर्चामा मोहन वैद्य, विश्वभक्त दुलाल र ऋषि कट्टेलको पार्टी सहभागी छन्।