Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिप्लबको उद्घोष हामी माथी हस्तक्षेप भए बरु मरिन्छ तर स्विकार गरिदैन

बिप्लबको उद्घोष हामी माथी हस्तक्षेप भए बरु मरिन्छ तर स्विकार गरिदैन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २१, २०७७ शुक्रवार • १८:२४:१९ बजे
  • 1.9K
    SHARES
  • बिप्लबको उद्घोष हामी माथी हस्तक्षेप भए बरु मरिन्छ तर स्विकार गरिदैन

     

    images

    नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) र नेपाल सरकार बिच ३ बॅुदे सहमतीमा हस्ताक्षर भएको छ।

    नेपाल सरकार र नेकपा बिच २ चरणको बार्ता बाट तयार गरिएको ३ बॅुदा आज बार्ता टोलीका संयोजकहरु गृहमन्त्री राम बहादुर थापाबादल र खड्क बहादुर बि क प्रकाण्डले आज एक भब्य कार्यक्रमका बिच प्रधानमन्त्री केपी वली र नेकपा महासचिब बिप्लबकोउपस्थितिमा हस्ताक्षर गरेका हुन।

    सहमतिका बॅुदाहरु

    • १. दुबै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने सहमत।
    • २. विप्लव नेतृत्वको नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमत।
    • ३. नेपाल सरकार विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध हटाउन र कार्यकर्तामा रिहाइ र सबै मुद्दा खारेज गर्न सहमत।

    राष्ट्रिय सभा गृहमा भब्य कार्यक्रम बिच सम्मपन्न कार्यक्रममा नेकपा महासचिब बिप्लवले सम्बोधन गर्दै देश र जनताको पक्षमाशासकहरुले काम नगरेको शहिद घाईतेहरुको सपनाहरु अझै पुरा नभएकोले नयॅा क्रान्ति आबश्यक भएको र आफुहरु त्यसैको बाटोमारहेको बताएका छन। आफुहरु शान्तिपुर्ण हिसाबले राजनितिक गतिबिधी गर्न चाहेको तर यो गतिबिधी माथी कसैको हस्तक्षेप भए बरुमर्ने तर नझुक्ने स्पष्ट पारेका छन। झण्डै ४ बर्ष पछि औपचारिक कार्यक्रममा पहिलो पटक देखिएका बिप्लबले आफ्नो सम्बोधनको क्रममा शहिदहरुलाई सम्झिएर भाबुक हुदै शहिदहरुको सपनामा कहिल्यै गद्दार नगर्ने प्रतिबद्दता जनाएका थिए।

    आज बिहान मात्र नवलपरासी बाट शहिद परिवारलाई भेटघाट गरेर काठमण्डौको सभालाई सम्बोधन गर्न पुगेका बिप्लबलाई काठमाण्डौमा हजारौ नेता कार्यकर्ताहरुले चर्का नाराबाजी सहित भब्य स्वागत गरेका थिए।

     

  • सम्बन्धित विषय:

  • # बिप्लब
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology