Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा साँझ ५ देखि बिहान ५ बजेसम्म लागू हुनेगरी एक महिना कर्फ्यू

कुवेतमा साँझ ५ देखि बिहान ५ बजेसम्म लागू हुनेगरी एक महिना कर्फ्यू

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २२, २०७७ शनिवार • १४:०६:१८ बजे
  • 1.2K
    SHARES
  • कुवेतमा साँझ ५ देखि बिहान ५ बजेसम्म लागू हुनेगरी एक महिना कर्फ्यू

    कुवेत - रोजगारीका लागि नेपाली श्रमिकहरुको गन्तव्य रहेको कुवेतले पछिल्लो केही दिनयता कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि मार्च ७ अर्थात आइतबार देखि एक महिने लामो कर्फ्यू लगाउने घोषणा गरेको छ ।

    images

    बिहीबार बसेको कुवेतको मन्त्रिपरिषद्ले आइतबार साँझ ५ देखि बिहान ५ बजेसम्म लागू हुनेगरी एक महिना कर्फ्यू लगाउने निर्णय गरेको अरब टाइम्सले जनाएको छ ।

    रमजानको धन्य महिनाको सुरु हुनुभन्दा अघि कर्फ्यू हटाइने जनाएको छ । मन्त्रिपरिषद्ले आइतबारदेखि लागू हुने गरी सैलून, नाईक पसल, स्वास्थ्य क्लब र अन्य व्यावसायिक गतिविधिहरू साँझ ५ देखि बिहान ५ बजेसम्म पूर्ण रुपमा बन्द गरेर कर्फ्यूको निर्णय पालना गर्न समेत बैठकले अनुरोध गरेको छ ।

    कुवेतले केही समयदेखि नेपालसहित उच्च जोखिममा ६८ देशहरूबाट आप्रवासी श्रमिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय जारी रहेको मन्त्रिपरिषद्ले जनाएको छ ।

    सङ्क्रमितको सङ्ख्या २ लाख नजिक

    कुवेतमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७१६ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसंगै सङ्क्रमितको सङ्ख्या १ लाख ९६ हजार ४९७ पुगेको छ ।

    उपचारपछि निको हुनेको सङ्ख्य १ लाख ८३ हजार ३२१ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १ हजार १०५ रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विभिन्न अस्पतालहरुमा सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ७१ रहेछको मन्त्रालयले जनाएको छ ।

    जनतालाई भाइरसको फैलावट सीमित गर्न स्वास्थ्य सावधानी, मुख्यतया सामाजिक दूरीको पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । कुवेतले सुरुवाती चरणमा संक्रमितको राष्ट्रियता खुलाए पनि पछिल्लो समय राष्ट्रियता खुलाएको छैन । कुवेतमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने त्यहाँस्थित नेपाली दूतावाससंग पनि तथ्याङक छैन् ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology