Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कवि रामचन्द्र तिम्सिनाको "भेंडाहरुको शहर" नामक कविता संग्रहको कभर सार्वजनिक

कवि रामचन्द्र तिम्सिनाको "भेंडाहरुको शहर" नामक कविता संग्रहको कभर सार्वजनिक

चन्द्र गाेतामे

चन्द्र गाेतामे

फाल्गुण २२, २०७७ शनिवार • २२:१९:२८ बजे
  • 3.2K
    SHARES
  • कवि रामचन्द्र तिम्सिनाको "भेंडाहरुको शहर" नामक कविता संग्रहको कभर सार्वजनिक

    सामाजिक बिकृती विरुद्ध लेख रचना मार्फत सशक्त खबरदारी गर्दै आएका कवि, लेखक तथा राजनीतिकर्मी रामचन्द्र तिम्सिना (आवाज) ले आफ्ना १०० वटा कविताहरु समेटेर "भेंडाहरुको शहर" नामक कविता संग्रह बजारमा ल्याउँदै छन् ।

    images

    राजनीतिक र सामजिक दुबै पक्ष समेटिएको संग्रहमा मर्म, पीडा र आक्रोश पोखिएको कुरा अनलाइन कुराकानीमा हामिलाई बताएका छन।

    मुख्यत गलत राजनीतिक परिपाटीको यसमा जोडदार बिरोध गरिएको छ।

    शिर्षक "भेंडाहरुको शहर" रहेको मुल कविताको बिचको केही अंश यस्तो रहेको छ -

    "जन्मिदै जिन्दावाद र मुर्दावाद सिकेका छन् ।
    खर्कको घाँस बिर्सेर बियर र मासु घिचेका छन् ।
    गाउँका ठुला-ठुला पाटनमा भेटिदैन आजभोलि 
    चिल्ला सडकमा 
    खुल्लामञ्चको चौरमा 
    कोहि बदाम छोडाईरहेका
    कोहि कालो चिया पिईरहेका
    कोहि मासु रक्सी धोकिरहेका भेटिन्छन्"......

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology