मयुरपाटी न्युज,पोखरा - प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । बिहान महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर ओलीले खोप लगाउन लागेका हुन् ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड १९ खोप अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्धको खोप लगाउनबारे जानकारी दिएका थिए ।
यसै गरी गृहमन्त्री रामबहादुर थापा बादल ले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पुगेर कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।
सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन समेत गरेको छ ।
यो अभियानमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।