Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा महासचिव विप्लवको सुरक्षाका लागी इन्स्पेक्टरको नेतृत्वमा १० प्रहरी खटाइयो

नेकपा महासचिव विप्लवको सुरक्षाका लागी इन्स्पेक्टरको नेतृत्वमा १० प्रहरी खटाइयो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २३, २०७७ आइतवार • १६:३४:१३ बजे
  • 1.7K
    SHARES
  • नेकपा महासचिव विप्लवको सुरक्षाका लागी इन्स्पेक्टरको नेतृत्वमा १० प्रहरी खटाइयो

    मयुरपाटी न्युज पोखरा - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव शान्तिपूर्ण राजनीतिमा आएसँगै भेटघाटलाई तिव्रता दिएका छन् ।

    images

    दुई वर्षसम्म भूमिगत रहेका विप्लव २०७७ फागुन २१ गते शुक्रवारबाट सरकारसँग ३ बुँदे सहमतीसँगै सार्वजनिक भएका हुन् । आपराधिक क्रियाकलाप बढाएको भन्दै सरकारले २०७७ फागुन २८ गते विप्लव समूहमाथि प्रतिवन्ध लगाएको थियो ।

    शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एउटै मञ्चमा देखिएका विप्लवले त्यसलगत्तै आफ्ना पूर्व सहकर्मीदेखि आफ्ना पार्टीका नेता कार्यकर्ताहरुसँग भेटघाट गरेका छन् ।

    विप्लवले शनिवार नख्खु जेलमा रहेका आफ्ना पार्टीका नेता हेमन्तप्रकाश ओली शुदर्शनलाई भेटेका थिए । त्यस्तै उनी अन्य पार्टीका नेता कार्यकर्ताहरुसँग भेटघाटमा व्यस्त देखिएका छन् ।

    यसैक्रममा उनले नेकपा क्रान्तिकारी (माओवादी) का अध्यक्ष मोहन वैद्य किरण सिपी गजुरेल, नेकपा अध्यक्ष ऋषि कट्टेल लगायतसँग भेट गरे ।

    आइतवार (आज) बिहान पूर्वसभामुख कृष्णबहादुर महरा भेटघाट गरेका थिए । । त्यस्तै सोमवार उनी पार्टीनिकट महिला संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्न कपिलवस्तु जाने बताइएको छ ।

    यसैक्रममा विप्लवको सुरक्षामा १० जना खटाइएको छ । लामो समय भूमिगत रहि भर्खर सार्वजनिक भएका कारण सुरक्षा चुनौती रहेको भन्दै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

    उनको सुरक्षामा महानगरीय प्रहरी परिसर काठमाडौंबाट इन्स्पेक्टरको नेतृत्वमा १० जना खटाइएको स्रोतले जानकारी दिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology