Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज नेकपा सचिवालय बैठक बस्दै

आज नेकपा सचिवालय बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७७ शनिवार • ०८:४३:१५ बजे
  • 1.5K
    SHARES
  • आज नेकपा सचिवालय बैठक बस्दै

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । पार्टीको आन्तरिक विवाद समाधानका लागि दिउँसो ३ बजे सचिवालय बैठक बस्ने भएको हो । 

    images

    सरकारका क्रियाकलाप तथा पार्टी एकताका बाँकी प्रक्रियामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्न थालेको भन्दै पार्टीमा आन्तरिक असन्तुष्टि बढेको छ ।

    नेकपाको विवाद उत्कर्षमा पुगेपछि शुक्रबार प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा यसअघि जारी स्थायी कमिटी बैठक स्थगित गरेर सचिवलाय बैठक बोलाउने सहमति भएको थियो । 

    बिहीबार पनि प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । आन्तरिक विवाद मिलाउन भन्दै कैयौं पटक शीर्ष नेताहरु छलफलमा जुटे पनि निष्कर्षमा पुग्न सकेका छैनन् । 

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology