Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २३, २०७७ आइतवार • १९:४९:१८ बजे
  • 1.6K
    SHARES
  • प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

    प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (दाहाल-नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । 

    images

    अर्को बैठक २६ गते दिउँसो १ बजे बस्ने संसद् सचिवालयले सूचनामार्फत जनाएको छ ।पुन:स्थापनापछि आइतबारका लागि डाकिएको बैठकमा संविधानको प्रतिकूल संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइएको भन्दै कांग्रेस, नेकपा (दाहाल-नेपाल) समूह, जसपाका नेताहरुले सदनमा नाराबाजी गरेका थिए ।

    कांग्रेसको विरोधका बीच अध्यादेश पेस गरिएको थियो । तर दाहाल नेपाल समूहका सांसदहरु भने त्यसअघि नै बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

    ५ बजेर १० मिनेटपछि सुरु भएको बैठकमा जबर्जस्ती अध्यादेश पेस गरिएपछि कांग्रेस र जसपा सांसदहरुले अगाडि गएर नाराबाजी गरेका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरे । तर सहमति नजुटेपछि बैठक २६ गतेका लागि सारिएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology