Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महासचिव विप्लव सँग अभिनेत्री रेखा थापाको भेट,धन्यवाद दिन विप्लवले बोलाएकाले भेटे - थापा

महासचिव विप्लव सँग अभिनेत्री रेखा थापाको भेट,धन्यवाद दिन विप्लवले बोलाएकाले भेटे - थापा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २४, २०७७ सोमवार • १३:३५:२७ बजे
  • 3.3K
    SHARES
  • महासचिव विप्लव सँग अभिनेत्री रेखा थापाको भेट,धन्यवाद दिन विप्लवले बोलाएकाले भेटे - थापा

    पोखरा -नेपाली फिल्मकी चर्चित अभिनेत्री रेखा थापाले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा भेटको एक तस्विर सार्वजनिक गर्दै भेटको बारेमा जानकारी दिएकी हुन् । केही दिन अगाडि सरकारसँग वार्ता र सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आएका विप्लव र रेखाबीच किन भेट भयो भन्नेबारे चासो हुनु स्वाभाविक हो । उसो त सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि रेखाले विरोध समेत गरेकी थिइन्

    images

    यहीबीचमा उनको भेटवार्तालाई लिएर विभिन्न आकलन र टिकाटिप्पणी भइरहेको बेला रेखाले विप्लव सँगको आफ्नो भेटलाई राजनीतिक रुपमा नहर्ने आग्रह गरेकी छन् ।विप्लव सँग मेरो भेट एउटा कलाकार र राजनीतिक नेता बीचको भेट मात्र हो रेखाले भनिन् भेटमा राजनीतिक भन्दा पनि ब्यक्तिगत र कला क्षेत्रको बारेमा हामीले कुरा गर्यौँ । कलाकारका हिसावले सबैसँग आफ्नो भेटघाट हुने र गर्ने गरेको समेत रेखाले सुनाइन् । म एक राजनीतिक पार्टीको नेतृ हुनु अगाडि कलाकार र समाजसेवी पनि हुँ रेखाले थपिन्सो ही हिसावले विप्लव सँग भेटेकी हुँ ।

    विप्लव भूमिगत हुँदा आफूले प्रतिबन्धको विरोध गरेको भएकोले पनि त्यसप्रति धन्यवाद दिन आफूलाई विप्लवले बोलाएकाले भेटेको रेखाले बताइन् । फिल्म निर्माण र अभिनयमा क्रियाशीलताका अलवा रेखा राप्रपामा पनि आवद्ध छिन् ।

    यसैबीच रेखा अहिले नयाँ फिल्म निर्माण तयारी छन् । फिल्मको वैशाखबाट सुटिङ तयारी भैरहेको उनले बताइन् ।

  • सम्बन्धित विषय:

  • # विप्लव
  • # रेखा थापा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology