Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पेरिसडाँडामा विदाइ बैठक

प्रचण्ड माधव स्थायी कमिटी बैठक - नेपाल र खनालहरू एमालेमै फर्किने,प्रचण्ड माओबादी केन्द्रमै

प्रचण्ड माधव स्थायी कमिटी बैठक - नेपाल र खनालहरू एमालेमै फर्किने,प्रचण्ड माओबादी केन्द्रमै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २४, २०७७ सोमवार • १९:३६:०६ बजे
  • 1.3K
    SHARES
  • प्रचण्ड माधव स्थायी कमिटी बैठक - नेपाल र खनालहरू एमालेमै फर्किने,प्रचण्ड माओबादी केन्द्रमै

    पोखरा - सर्वोच्च अदालतको फैसालापछि प्रचण्ड र माधव पक्ष अ-आफ्नै दलमा फर्किने निर्णय गरेका छन्।

    images

    सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड - माधव पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो। अब माधव नेपाल र झलनाथ खनाललगायतका तत्कालीन एमालेका नेताहरू एमालेमै फर्किने भएका छन् भने प्रचण्डहरू पेरिसडाँडामै रहने भएका छन्। आआफ्नो घर फर्किने भन्दै उनीहरू पेरिसडाँडाको बैठकबाट विदा भएका थिए।

    सर्वोच्च अदालतले नेकपा आधिकारिकता विवादको मुद्दामा आइतबार फैसाला सुनाउँदै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिदै एमाले र माओवादी केन्द्र व्युँताउने फैसला गरेको थियो। त्यो फैसालापछि अलगअलग हुने निर्णय गरेका हुन्।

    पेरिसडाँडामा बैठकपछि वरिष्ठ नेता झलनाथ खनालले अब नेकपा एमाले र माओवादी केन्द्र अलग अलग हिँड्ने प्रतिक्रिया दिएका छन्।

    संसदमा तत्लकालिन एमालेका १२०, कांग्रेसका ६३, माओवादी केन्द्रका ५३, जसपाका ३४ सांसद छन्। तीनजना स्वतन्‍त्र हैसियतमा छन्। १२० मध्ये चालिस जति सांसदहरू प्रचण्ड नेपालतिर थिए। अब उनीहरु एमालेमै फर्केर संघर्ष थाल्ने बताएका छन्। नेता नेपालले एमाले निर्माणमा आफ्नो महत्वपूर्ण योगदान भएकोले एमाले छोड्न नसक्ने र त्यही फर्केर निर्णायक लडाइ लड्ने बताएका छन्। माधव पक्ष फर्किने भएपछि ओली एमालेभित्रै पनि थप दबाबमा पर्ने देखिन्छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology