Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जनमुक्ति सेनाको १९ अर्ब रुपैयाँ कहाँ गयो ?

"क्रान्तिका निम्ति भन्दै काटिएको जनमुक्ति सेनाको १९ अर्ब रुपैयाँ कहाँ गयो ?" - विप्लव

"क्रान्तिका निम्ति भन्दै काटिएको जनमुक्ति सेनाको १९ अर्ब रुपैयाँ कहाँ गयो ?" - विप्लव

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २५, २०७७ मंगलवार • १०:१४:३१ बजे
  • 1.7K
    SHARES
  • "क्रान्तिका निम्ति भन्दै काटिएको जनमुक्ति सेनाको १९ अर्ब रुपैयाँ कहाँ गयो ?" - विप्लव
    • हाम्रो मुटुमा १० वर्षे युद्धको लडाइको प्रतिबद्धता छ। सहिदलाई चिहानमा दफ्नाएर हिँड्दाको सपनाको प्रतिबद्धता छ, उनले भने, लडाई यो देश लुटेर खाने, बेचेर खाने दलालविरुद्ध हो। हाम्रो लडाई राज्य, भ्रष्ट, दलालविरुद्धमा हो। सेना प्रहरीविरुद्ध होइन।
    • २० हजार जनमुक्ति सेना ब्यारेकमा बस्दा प्रति सेना ५ हजारका दरले काटियो, क्रान्तिका निम्ति भन्दै काटिएको त्यो पैसा कहाँ गयो ? पूर्व माओवादी कमान्डर मध्येका एक विप्लवले प्रश्न गर्दै भने थोरैको कुरा हो र १९ अर्ब रुपैयाँको कुरा छ त्यसको खोजीनीति हुनुपर्छ
    •  

    नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बाैँ रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन् ।

    images

    उनले तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वलाई लक्षित गर्दै क्यान्टोनमेन्टमा भएको आर्थिक अनियमितताबारे गम्भीर प्रश्न उठाएका हुन् ।

    प्रतिबन्ध फुकुवापछि गृहजिल्ला कपिलवस्तुमा सोमबार आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको ७ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै विप्लवले जनमुक्ति सेनाको पैसामाथि भ्रष्टाचार भएको विषय सार्वजनिक भएको र सो विषय आफूले त्यतिखेरै पार्टीमा गम्भीर रूपमा उठाएको भए पनि बेवास्ता गरिएको बताए ।

    विप्लवले आफूहरूले पार्टीभित्र त्यस्तो बदमासी नगर्नुस् है भनेर नेतृत्वलाई सचेत गराएको स्मरण गर्दै भने २० हजार जनमुक्ति सेना ब्यारेकमा बस्दा प्रति सेना ५ हजारका दरले काटियो, क्रान्तिका निम्ति भन्दै काटिएको त्यो पैसा कहाँ गयो ? पूर्व माओवादी कमान्डर मध्येका एक विप्लवले प्रश्न गर्दै भने थोरैको कुरा हो र १९ अर्ब रुपैयाँको कुरा छ त्यसको खोजीनीति हुनुपर्छ

    भ्रष्टाचारको विषय सार्वजनिक भए पनि ठोस परिणाम नआएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । भ्रष्टाचार कसले गरेको हो ठोस हुनुपर्दैन । एउटाले अर्कोलाई दोष दिएको छ, उनले भने ।

    विप्लवले प्रचण्ड र बाबुराम गलत बाटोमा रहेको र राजनीतिक रुपमा सिद्धिएको टिप्पणी गरे।

    हामी मन्त्री हुन सक्दैनथ्यौं र? यहाँ पूर्व सांसदहरु छन्। पूर्वमन्त्रीहरु छन्। के उपलब्धि पाइयो त? त्यतिबेला प्रचण्डको आलोचना गर्दा हामीमाथि पद नपाएर, सुख सुविधा नपाएर बोलेको आरोप लगाइयो। तर जनता, सहिद, बेपत्ता परिवारले अहिलेसम्म न्याय पाएका छैनन्। जनता मुक्त छैनन, उनले भने।

    प्रचण्डले आफूहरुलाई २० वर्ष कसैले हल्लाउन सक्दैन भनेको स्मरण गर्दै विप्लवले भने, हामीले छोडेपछि २० महिना पनि लागेन सिद्धिन। प्रचण्डले उभिँदा देश हल्लिने कुरा सत्य हो। त्यतिबेला उनले भन्दा हामी सबै तयार थियौ। तर आज प्रचण्डजी कहाँ पुग्नुभयो? आफ्नो सबै परिवारले छाडे। रगत दिने सबै कमरेडले छोड्नुभयो।

    प्रचण्डले वेपत्ता योद्धा र किसानलाई छोडेर अहिले माधव नेपाललाई कमाण्डर मानेर हिँड्नु राजनीतिक रुपमा सिद्धिएको प्रमाण भएको विप्लवको भनाइ छ। ‘उहाँहरु हिडेको बाटो गलत छ। देश र जनताको हितमा छैन,उनले दोहोर्याए।

    विप्लवले आफूहरुले प्रचण्डसँग एकता नगर्न एमालेलाई पनि सुझाएको तर नसुनेको बताए। एमालेका साथीले सुन्नुभएन। एकता भयो। जनताले भोट दिए। उनीहरु खुसी थिए। तर जनताले सोचेको भएन। त्यस्तो जनमत र समर्थन जनताले दिँदा पनि परिणाम के भयो भन्दा सरकार बनाएको एक वर्षपछि लफडा सुरु भयो। किसानका लागि, मजदुरका लागि, युवाका लागि, सुकुम्वासीका लागि, स्वाधिनताका लागि लडाइँ भएको भए मान्थ्यौं। तर मेरो मान्छे किन राखिनस्, भाग किन दिएन भन्नेमा लडाइँ भयो। त्यतिमात्रै होइन यति तल झरे कि एकले एर्कालाई नंग्याए। बेइज्जत गरे। उहाँहरुको लडाइमा जनता र देशको कुरा छैन। एउटाले अर्काको उछितो काटेर बसेका छन्। जनताको मत पाएर जनताको मत पाएर तमासा देखाउने यो बाटो गलत छ। यसले जनतालाई सुख दिँदैन। देशलाई बाटो दिँदैन, विप्लवले भने।

    आफूहरुले किसान, युवा, मजदुरको कुरा उठाउँदा पार्टी फुटाउन खोजेको, शान्ति विरोधी आरोप लगाइएको स्मरण गर्दै विप्लवले सोधे, अहिले के भयो? परिणाम सबैका सामु छर्लङ्ग छ।

    विप्लवले राज्य नै भ्रष्टाचारी र दलालको पक्षमा लागेकाले आफूहरु कारवाहीमा उत्रिएको स्पष्टिकरण दिए। हामीले त एनसेलमा भ्रष्टाचार भयो, मन्त्रीहरुले नै भ्रष्टाचार गर्ने, एनसेलाई कर तिर्न भन्यौं। मानेन। सरकारकै मान्छे उसकै पक्षमा लागे। हामीले कारवाही गर्नु गल्ती हो त? गाउँ गाउँमा भ्रष्टाचार छ त्यसलाई कारवाही गर्नु गल्ती हो? मानव तस्करलाई बलात्कारीलाई कारवाही गर्यौ, त्यो गल्ती हो? सहिद परिवारलाई हेर भन्नु गल्ती हो? कृषक, युवालाई हेर भन्नु गल्ती हो? हामीले यस्तो भन्दा प्रतिबन्ध लगाउनुभयो। बोल्न खोज्दा बन्दुक देखाएर रोके, उनले गुनासो गरे।

    आफूहरुले हाम्रो कुरा शान्तिपूर्ण रुपमा भन्न दिन माग गर्दा नदिएको उनको गुनासो छ। अपराधीहरुलाई समातेर कारवाही गर्दा कानुनविरुद्ध हुन्छ? कि राज्यले गर्नुपर्यो , उनले भने।

    प्रचण्ड र केपीको आरोपपत्रले पनि भ्रष्टाचार स्थिति देखाउने विप्लवले टिप्पणी गरे। विश्वमै भ्रष्टाचार हुने मुलुकको सूचीमा धेरै माथि पुगिसकेको छ नेपाल। प्रचण्डले केपीविरुद्ध १९ बुँदेमा सबै केपीकै मान्छेले भ्रष्टाचार गरे भनेका छन्। ओलीले पनि अधिकांश प्रचण्डकै मान्छे भनेर जवाफ दिएका छन्, उनले भने।

    विप्लवले आफूहरु प्रचण्ड र बाबुरामजस्तो राजनीति नगर्ने पनि स्पष्ट पारे। हामी त्यस्तो हुँदैनौ। हाम्रो मुटुमा १० वर्षे युद्धको लडाइको प्रतिबद्धता छ। सहिदलाई चिहानमा दफ्नाएर हिँड्दाको सपनाको प्रतिबद्धता छ, उनले भने, लडाई यो देश लुटेर खाने, बेचेर खाने दलालविरुद्ध हो। हाम्रो लडाई राज्य, भ्रष्ट, दलालविरुद्धमा हो। सेना प्रहरीविरुद्ध होइन।

    अहिले देशमा चौतर्फी निराशा रहेको र यसको दोषी राज्य भएको विप्लवले बताए। नेपाली सेना अफ्ठेरोमा छ। ६ हजार सेना जागिर छाडेर दुबई र कतार गएको छ। चिफ पूर्णचन्द्र थापाले अस्ती विदेश नजानुस् भने। प्रहरीमा पनि छोडेर गएका छन्। राज्यले नजानुस् भनेको छ। त्यो भनेर मात्र हुन्छ? कि राज्यले वातावरण बनाउनुपर्यो, उनले भने, हाम्रो लडाइँ यसैमा हो। स्वदेशमै राम्रो रोजगारी भए त जाँदैनन नि विदेश।

    विप्लवले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउनु नेपाली सेना, प्रहरी, कर्मचारीले गलत भनेको र किसान, सहिद सबैले विरोध गरेको भन्दै धन्यवाद पनि दिए।

  • सम्बन्धित विषय:

  • # विप्लव
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology