Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमालेका नेता पन्त विरुद्द ओलीले दायर गरे अदालतमा मानहानी मुद्दा

एमालेका नेता पन्त विरुद्द ओलीले दायर गरे अदालतमा मानहानी मुद्दा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २५, २०७७ मंगलवार • १४:०४:१८ बजे
  • 1.5K
    SHARES
  • एमालेका नेता पन्त विरुद्द ओलीले दायर गरे अदालतमा  मानहानी मुद्दा

    पोखरा - नेकपा एमालेका नेता रघुजी पन्तले आफ्नो मानहानी गरेको भन्दै राष्ट्रिय सभा सदस्य कोमल ओलीले अदालतमा मुद्दा दायर गरेकी छिन् ।

    images

    ओलीले मंगलबार बिहान काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी कसुरमा पन्तविरुद्ध मुद्दा दायर गरेकी हुन् । उनले मुलुकी फौजदारी संहिता २०७४ को दफा ३०५, ३०६ र ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेकी हुन् ।

    नेता पन्तले फागुन १५ गते सामाखुसीमा आयोजित एक कार्यक्रममा वलीबारे विवादित टिप्पणी गरेका थिए । उनले वलीले कुनै योगदानबिना नै राष्ट्रिय सभासम्मको यात्रा गरेको बताएका थिए । उनले भनेका थिए, हाम्रो पार्टीमा २०औं वर्ष देखि विवाह नगरी महिलाहरु लागेका छन् । केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौंला देखाएर पोइला जान पाम भनेपछि सांसद् त तिनै भइन् । कपाल फुलेर चाउरी परेका बुढी कामरेडहरु न एक पटक राष्ट्रिय सभाको सदस्य पनि हुन पाएका छन्, न केन्द्रीय कमिटीको सदस्य हुन पाएका छन् । उनी राष्ट्रिय सभाको सदस्य पनि हुन पाइन्, केन्द्रीय कमिटीको सदस्य पनि हुन पाइन् ।

    ओलीले फिरादपत्रमा मुलुकी अपराध सहिंता २०७४ को दफा ३०५(१), (२)(क) बमोजिम कसुर गरेको दाबी गर्दै पन्तलाई दफा ३०७(१) बमोजिम सजाय हुनुपर्ने मागसमेत गरेकी छिन् । मुलुकी अपराध संहिताको दफा ३०७(१) मा कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई २ वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।

    तर ओलीले भने नेता पन्तले विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरेकाले कानुनी प्रावधानअनुसार थप एक वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने माग गरेकी छिन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology