Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

साबिक नेकपाको धुम्बाराहीस्थित मुख्यालयमा नेकपा एमालेको बोर्ड

साबिक नेकपाको धुम्बाराहीस्थित मुख्यालयमा नेकपा एमालेको बोर्ड

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २५, २०७७ मंगलवार • १४:३५:२१ बजे
  • 1.4K
    SHARES
  • साबिक नेकपाको धुम्बाराहीस्थित मुख्यालयमा नेकपा एमालेको बोर्ड

    पोखरा - साबिक नेकपाको धुम्बाराहीस्थित मुख्यालयमा नेकपा (एमाले)को बोर्ड राखिएको छ । मगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

    images

    एमालेको केन्द्रीय कार्यालय पहिले पनि धुम्बाराहीमै थियो । माओवादी केन्द्रको मुख्यालय पनि एकीकरणअघि कार्यालय रहेको पेरिसडाँडाबाटै सञ्चालन हुने भएको छ ।

    सर्वोच्च अदालतले एकीकरणलाई अस्वीकार गर्दै पूर्ववत् पार्टीहरू ब्युँताइदिएपछि साविक नेकपाको पुष्पकमल दाहाल माधवकुमार नेपाल समूहका नेता–कार्यकर्ता साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै रहने भएका छन् । ओली समूहले पनि अदालतको फैसलालाई स्वागत गरिसकेको छ ।

    जिल्लास्तरमा पनि धमाधम तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएका नेकपाको साइनबोर्ड फेरेर एमालेका बोर्ड राखिएका छन् । केही जिल्लामा एकाध दिनमै एमाले कार्यालय सञ्चालन गर्ने तयारी स्थानीय नेता कार्यकर्ताले गरिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology