Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संसद सचिवालय

एमाले र माओवादी केन्द्र अलग अलग पार्टी रहेको पत्र संसद सचिवालयमा

एमाले र माओवादी केन्द्र अलग अलग पार्टी रहेको पत्र संसद सचिवालयमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २६, २०७७ बुधवार • ११:२९:५७ बजे
  • 2.1K
    SHARES
  • एमाले र माओवादी केन्द्र अलग अलग पार्टी रहेको पत्र संसद सचिवालयमा

    पोखरा - निर्वाचन आयोगबाट नेकपा एमाले र माओवादी केन्द्र अलग अलग पार्टी रहेको पत्र संसद सचिवालयमा आइपुगेको छ ।

    images

    सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएको निर्णय गरेको थियो । यसअघि गत आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण बदर गरिदिएको थियो ।

    सर्वोच्चको सो फैसलासँगै यी दुई दल पूर्ववत अवस्थामा फर्किएका छन् ।यद्यपि संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै सिटमा बस्ने भएका छन् ।

    संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने बताए ।

     

  • सम्बन्धित विषय:

  • # संसद सचिवालय
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology