Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरी स्थगित, अर्को बैठक चैत ३ गते बस्ने

प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरी स्थगित, अर्को बैठक चैत ३ गते बस्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २६, २०७७ बुधवार • १४:०९:५८ बजे
  • 1.4K
    SHARES
  • प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरी स्थगित, अर्को बैठक चैत ३ गते बस्ने

    पोखरा- आज बुधबार बसेको प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक विभिन्न समयमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ३ गते बस्ने गरी स्थगित भएको हो ।

    images

    बैठकअघि विभिन्न ६ वटा अध्यादेश पेश गर्ने सम्भावित कार्यसुची राखिएपनि अन्तिम समयमा परिवर्तन गर्दै शोक प्रस्ताव पारित गर्ने कार्यसुची मात्रै राखिएको हो ।

    संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाको पहिलो बैठकमा अध्यादेशहरू पेश गर्नुपर्ने हुन्छ । गत फागुन २३ गतेको बैठकको कार्यसूचीमा अध्यादेश राखिएपछि प्रचण्ड पक्ष, कांग्रेस, जसपाले विरोध गरेका थिए ।

    आज पनि कार्यसूचीमा अध्यादेश टेबल गर्ने तयारी भएपनि संसदीय मामिला तथा कानुन मन्त्रीले कुनै गृहकार्य र समन्वय नगरेको स्रोतले बतायो । पछि दलका नेताहरुले संवोधन गर्ने कार्यसूचीमा सहमति जुटेको थियो तर पछि बोल्न असहमत भएपछि त्यसलाई पनि हटाइएको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology