Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २६, २०७७ बुधवार • १४:१५:२४ बजे
  • 1.6K
    SHARES
  • नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

    पोखरा- नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले तत्काल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

    images

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सो निर्णय लिएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नारायणकाजी श्रेष्ठले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको जानकारी लिए ।रोशन श्रेष्ठले राजधान्नी दैनिकमा लेखेका छन ।

    स्रोतका अनुसार, गठबन्धन सरकारको टुंगो नलागेसम्म प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता हुने छैन । समर्थन फिर्ता लिँदा ओलीले विश्वासको मत लिन ३० दिन समय पाउँछन् । त्यसैले त्योभन्दा अघि नै अविश्वास प्रस्ताव ल्याएर ओलीलाई हटाउने माओवादी केन्द्रको रणनीति रहेको छ  । माओवादी केन्द्रको यो रणनीति सपल हुन कांग्रेस र जसपाको साथ चाहिन्छ ।

    ओलीलाई दिएको समर्थन फिर्ता लिँदा पछि ओलीले विश्वासको मत पनि नपाउने, नयाँ सरकार बन्न सक्ने अवस्था पनि नरहने र फेरि मध्यावधि चुनावमै जानुपर्ने स्थिति आउन सक्ने भएकाले माओवादी केन्द्रले समर्थन तत्काल फिर्ता नलिने भएको हो ।

    सरकारका सामु संकट सन्निकट रहेको आकलन गरेरै ओलीले नयाँ गठबन्धनका लागि जसपाको मुख ताकेका हुन् । तर माओवादी केन्द्र भने तत्काल ओलीलाई दिएको समर्थन फिर्ता नलिने मनस्थितिमा पुग्नु पछाडिको कारण नयाँ सरकार नै बन्न नसक्ने स्थिति आउने सम्भावना पनि हो । माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । कांग्रेस या जसपामध्ये एउटाले समर्थन दियो भने ओली सरकार जोगिन्छ । तर, विश्वासको मत फेल भए प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने हुन्छ, त्यसपछि नयाँ प्रधानमन्त्री चयनको बाटो खुल्छ  ।
    अ संविधानको धारा ७६(१) अनुसार सरकार बन्ने अवस्था छैन । त्यसैले राष्ट्रपतिले संविधानको ७६(२) अनुसार गठबन्धन सरकारका लागि आह्वान गर्नु पर्छ । त्यसपछि सरकार बन्ने प्रक्रिया सुरु हुन्छ । यसका लागि एमालेलाई संसदरमा रहेका अन्य तीन दलमध्ये एउटाको समर्थन चाहिन्छ । तर यसमा सहमति जुटिसकेको छैन ।

    सहमति नजुटेको अवस्थामा राष्ट्रपतिले संसद्को सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाउने अर्को चरण हुन्छ । त्यसरी बनेको प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । अर्थात् ३० दिनभित्र विश्वासको मत लिने गरी ओली फेरि प्रधानमन्त्रीमा चयन हुन सक्छन् । तर विश्वासको मत लिन सकेनन् भने ३० दिनमा उक्त सरकार ढल्छ । त्यसपछि सुरु हुन्छ धारा ७६(५) को सरकार । जसअनुसार प्रतिनिधिसभाका कुनै पनि सदस्य प्रधानमन्त्री बन्न सक्ने अवस्था नरहे राष्ट्रपति प्रतिनिधिसभा भंग गरेर नयाँ चुनावको मिति घोषणा गर्न सक्ने संवैधानिक व्यवस्था छ । अहिले ओलीलाई दिएको समर्थन हतारमा फिर्ता लिँदा सरकार बन्नै नसक्ने अवस्था पनि आउन सक्ने भएकाले माओवादी केन्द्र ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology