Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल समूहका केन्द्रीय सदस्यको भेला : नेपाल समूह वाम गठबन्धनकै सरकारको पक्षमा

नेपाल समूहका केन्द्रीय सदस्यको भेला : नेपाल समूह वाम गठबन्धनकै सरकारको पक्षमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २६, २०७७ बुधवार • १९:४३:२४ बजे
  • 1.5K
    SHARES
  • नेपाल समूहका केन्द्रीय सदस्यको भेला : नेपाल समूह वाम गठबन्धनकै सरकारको पक्षमा

    पोखरा - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका बहुसंख्यक केन्द्रीय सदस्यले वाम गठबन्धनकै सरकारलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

    images

    नयाँ बानेश्वरस्थित अर्याल होटेलमा बुधबार सम्पन्न नेपाल समूहका केन्द्रीय सदस्यको भेलामा सहभागी बहुसंख्यक नेताले वाम गठबन्धनकै सरकारलाई टिकाउनुपर्ने सुझाब दिएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए । 

    ‘बहुसंख्यक साथीहरूले वामपन्थीहरूकै सरकार कायम राख्नुपर्छ, सकेसम्म सबै वामपन्थीहरूको साझा सरकार बनाउने सम्भावनामा ध्यान दिनुपर्छ भन्ने सुझाब दिनुभएको छ,’ पन्तले भने, ‘सर्वोच्च अदालतको फैसलापछिको नयाँ परिस्थितिमा पार्टीलाई संगठित, एकताबद्ध बनाउने कुरामा सचिवालयसहित विभिन्न कमिटीको बैठक बोलाएर अध्यक्ष र प्रधानमन्त्री केपी ओलीले नै भूमिका खेल्नुपर्छ ।’

    उनले पार्टीपंक्तिलाई विगतको दुःखद प्रसंगहरूबाट संयमित, एकताबद्ध बनाएर तलसम्मका समग्र समस्या समाधानमा ढिलाइ गर्न नहुनेमा पनि केन्द्रीय सदस्यहरूले जोड दिएको जानकारी दिए ।

    नेकपा एकताबद्ध बनाउने कि नबनाउने भन्ने केपी ओलीको हातमा छ। त्यसका लागि कमिटीको बैठक आवश्यक पर्ला,' बैठकपछि एमाले नेता पन्तले भने।

    यसका लागि हिजोको परिस्थितिलाई बिर्सेर जुन व्यक्ति जहाँ थिए त्यही पदस्थापन हुनुपर्ने आफ्नो समूहको माग रहेको उनले बताए। 'हिजोको परिस्थितिलाई बिर्सेर नेकपा एमालेलाई एकता बद्द बनाउने बिषयमा छलफल गर्नु पर्छ। एमाले जुन ब्यक्ति जहाँ थिए त्यही पदस्थापन गर्नुपर्छ। यसका लागि केन्द्रिय कमिटी आवश्यक छ,' पन्तले भने।

    पार्टीभित्र ओली समूहसँग अब कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको थियो। बुधवारको संसद बैठकबाट निस्किँदै गर्दा नेपालले ओली सरकारलाई जोगाउने नजोगाउनेबारे आफूसँग कसैले छलफल नै नगरेको प्रतिक्रिया दिएका थिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology