Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ब्राजिलमा कोरोनाबाट एकैदिन २ हजारको मृत्यु, कोरोना भाइरसको प्रकोप फेरि घातक बन्दै

ब्राजिलमा कोरोनाबाट एकैदिन २ हजारको मृत्यु, कोरोना भाइरसको प्रकोप फेरि घातक बन्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०७७ बिहिवार • १५:४१:१६ बजे
  • 1.6K
    SHARES
  • ब्राजिलमा कोरोनाबाट एकैदिन २ हजारको मृत्यु, कोरोना भाइरसको प्रकोप फेरि घातक बन्दै

    फाइल तस्बिर

    images

    ब्राजिलमा एकैदिन २ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरसको प्रकोप फेरि घातक बन्दै गएको देखिएको छ ।

    बीबीसीका अनुसार ब्राजिलमा एकैदिन बुधबार मात्र २२ सय ८६ को कोरोनाका कारण मृत्यु भयो हो । यहाँ अहिलेसम्म २ लाख ६८ हजार ३७० को कोरोनाका कारण मृत्यु भइसकेको छ । अमेरिकापछि ब्राजिलमै कोरोनाले सबैभन्दा बढीको ज्यान लिएको छ ।

    कोरोनाको नयाँ प्रकारका कारण ब्राजिलमा नयाँ संक्रमितहरु पनि तीव्र रुपमा देखिएका जानकारहरुले बताउछन्। ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले यसअघि कोरोनालाई सामान्य रुघा खोकी मात्र भएको बताउँदै आएका थिए। कोरोनाको संक्रमण भएपछि उनले आजभोली सार्वजनिकस्थलमा मास्क लगाउन थालेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology