नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली प्रवृत्तिविरुद्ध आफू जेल जान र मर्न परे पनि तयार रहेको बताएका छन् । ओली प्रवृत्तिविरुद्ध सम्झौता गर्न नसकेपछि आफूले १९ पृष्ठको प्रतिवेदन लेखेको पनि बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली प्रवृत्तिविरुद्ध आफू जेल जान र मर्न परे पनि तयार रहेर उक्त प्रतिवेदन लेखेको बताएका हुन्।
‘मैले केपी प्रवृत्तिका विरुद्ध जानीबुझी अब योसँग सम्झौता गर्नु भनेको हाम्रो सम्पूर्ण चिज ध्वस्त हुने खतरा देखेपछि म फेरि जेल जान पनि तयार मर्न पनि तयार प्रहार गर्नैपर्छ भनेर १९ पृष्ठको प्रतिवेदन तयार गरेको हुँ’, उनले भने।