Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नेपाल र केपी ओलीको विरोधमा हिन्दु सेना, भारतस्थित नेपाली दुतावासमा पोस्टर टाँसियो

नेपाल र केपी ओलीको विरोधमा हिन्दु सेना, भारतस्थित नेपाली दुतावासमा पोस्टर टाँसियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७७ शनिवार • १४:४६:२६ बजे
  • 1.7K
    SHARES
  • नेपाल र केपी ओलीको विरोधमा हिन्दु सेना, भारतस्थित नेपाली दुतावासमा पोस्टर टाँसियो

    भगवान रामको जन्मस्थल अयोध्या नेपालमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीको वयानपछि भारतमा नेपाल विरोधी गतिविधि बढेको छ । भारतको हिन्दु सेनाले प्रधानमन्त्री ओली र नेपाल विरोधी विभिन्न हर्कतहरु देखाउँदै आएको छ । यसैबीच हिन्दु सेनाले नेपाली दुतावासको २ नम्बर गेटमा नेपाल र ओली विरोधी पोस्टर टाँसेको छ ।

    images

    प्रधानमन्त्री ओली र चिनियाँ राजदुत होउ यान्छीले हात मिलाइरहेको तस्वीरसहितको उक्त पोस्टरमा चीनको उक्साहटमा नेपाल भारतको विरोधी बनेको आशयको नारा लेखिएको छ ।

    पोस्टरमा लेखिएको छ, 'भारतीय र नेपाली सदियौँदेखि भाईभाई हुन् । चिनियाँ हसीनाको मायामा घायल ओली बने भारतका दुश्मन ।' यसअघि बनारसमा हिन्दु सेनाले नै एक नेपालीमाथी अपमानजनक व्यवहार गर्दै कपाल खौरिएर जय श्री राम लेखिदिएका थिए ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology