Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

व्यास नगरपालिकाको नौ करोड भन्दा बढी आन्तरिक आम्दानी

व्यास नगरपालिकाको नौ करोड भन्दा बढी आन्तरिक आम्दानी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २८, २०७७ शुक्रवार • २२:४१:३९ बजे
  • 1.2K
    SHARES
  • व्यास नगरपालिकाको नौ करोड भन्दा बढी आन्तरिक आम्दानी

    व्यास- व्यास नगरपालिकाले चालू आर्थिक वर्षको सात महीनाको अवधिमा रु नौ करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालू आर्थिक वर्ष ०७७-७८ को साउदेखि माघ मसान्तसम्म रु नौ करोड २२ लाख १२ हजार ९८० आन्तरिक आम्दानी भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

    images

    नगरपालिकाले चालू आर्थिक वर्षमा रु १६ करोड आन्तरिक आम्दानी हुने लक्ष्य राखेको छ । आन्तरिक राजश्वतर्फ सम्पत्ति, मालपोत, घरबहाल, विज्ञान, व्यवसाय, मनोरञ्जन, प्राकृतिक स्रोतसाधन उपयोग करलगायतबाट रु नौ करोड २६ लाख ८८ हजार, शुल्कतर्फ सेवा, सवारी पार्किङ, सरसफाइ, शौचालय, बस्ती विकास, सम्पत्ति मूल्याङ्कन, अन्य प्रमाणित, स्थानीय वातावरण शुल्कबाट रु एक करोड ७८ लाख ७२ हजार, दस्तुरतर्फ दर्ता र नवीकरण, घरनक्सा, सिफारिस, नाता प्रमाणित, मिलापत्रबाट रु दुई करोड ६४ लाख ६० हजार, दण्ड जरिवानाबाट रु दुई लाख, अन्यतर्फ घरभाडा, मेशनरी उपकरण भाडा, लिलाम बिक्री, परीक्षा, विविध फाराम र अन्य विविध फारामबाट रु दुई करोड २७ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ ।

    नगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको थियो । कोभिड १९ को प्रभावका कारण गत आर्थिक वर्षमा लक्ष्यभन्दा रु छ करोड कम राजश्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षमा रु १६ करोड छ लाख ९६ हजार राजश्व सङ्कलनको लक्ष्य थियो ।रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology