Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

घाँस बेचेर नै मनग्य आम्दानी गर्दै,"तनहुँ म्याग्दे १ गुणादीका बामदेव खनाल"

घाँस बेचेर नै मनग्य आम्दानी गर्दै,"तनहुँ म्याग्दे १ गुणादीका बामदेव खनाल"

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २८, २०७७ शुक्रवार • २३:०३:४७ बजे
  • 2.5K
    SHARES
  • घाँस बेचेर नै मनग्य आम्दानी गर्दै,"तनहुँ म्याग्दे १ गुणादीका बामदेव खनाल"

    तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीका बामदेव खनालले घाँस बेचेर नै मनग्य आम्दानी गर्दै आएका छन् । खनाल नामसँगै दाम कमाउन थालेपछि यतिखेर उनी घाँसी नामले परिचित छन् ।

    images

    भानुभक्त आचार्यलाई आदिकविको स्थान र सम्मानमा घाँसीको प्रेरणाले पु-याएको थियो । उनी तनहुँकै थिए । राष्ट्रिय घाँस गुरु पुरस्कारबाट पुरस्कृत खनालले २३ वर्षदेखि घाँस खेती गर्दै आएका छन् ।

    पछिल्ला वर्षमा धेरैले घाँसी बा भनेर बोलाउँदा आफूलाई निकै खुशी लाग्ने गरेको उनले बताए । घाँस बेचेर राम्रो आम्दानी गरेका उनले यसै वर्ष असार र साउन महिनामा २० लाख रुपैयाँ बराबरको घाँसको बेर्ना बिक्री गरेको बताए ।

    पाँच वर्षयता यस पटक धेरै कमाइ भएको उनले बताए । कोरोना भाइरसको सङ्क्रमणले कृषि पेशाप्रति मानिसको चासो बढेकाले घाँसको माग बढेको छ । करीब एक सय रोपनी क्षेत्रफलमा उन्नत जातको घाँस खेती गर्दै आएको बताउँदै उनले ६० रोपनी आफ्नै र ४० रोपनी जग्गा भाँडामा लिएका छन् ।

    खनालले बडहर, राइखनियो, टाँकी, कोइरालो, बकाइनो, पाखुरी, चिउरीलगायतको डाले घाँस तथा सुपर नेपियर, सियोफोर, सम्बा सेटारिया, पास पालम, मुलाटो र बलामेलगायत उन्नत र भूइँ घाँसका बिरुवा बिक्री गर्दै आएका छन् ।

    पछिल्लो समय सुपर नेपियरको बिरुवा माग धेरै भएकाले अब त्यसतर्फ बढी चासो देखिएको छ । पन्ध्र फिटसम्म अग्लो हुने, पात मोटो हुने र नढल्ने तथा सुख्यायाममा पनि धेरै समयसम्म हरियो हुने भएकोले माग धेरै आएको बताइएको छ । दुई आँख्लाको पाँच रुपैयाँका दरले घाँसको बिरुवा बिक्री हुने गर्छ ।

    परम्परागत तरिकाले निर्वाहमुखी भैँसीपालन गर्ने साधारण किसान खनाललाई २३ वर्ष अघिसम्म बिहान र बेलुका हातमुख जोड्न पनि धौधौ थियो । भैँसी पाल्न कृषि विकास बैंकबाट लिएको क्रृण तिर्न नसक्दा धितोमा राखेको जग्गा लिलाम भएको तितो अनुभव पनि खनालसँग छ ।

    रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology