Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा एमालेमा ओली समूहले एकलौटी बैठक : खोस्यो नेपाल पक्षका नेताको जिम्मेवारी

नेकपा एमालेमा ओली समूहले एकलौटी बैठक : खोस्यो नेपाल पक्षका नेताको जिम्मेवारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २८, २०७७ शुक्रवार • २३:३४:२९ बजे
  • 1.6K
    SHARES
  • नेकपा एमालेमा ओली समूहले एकलौटी बैठक : खोस्यो नेपाल पक्षका नेताको जिम्मेवारी

    प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता माधवकुमार नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेको छ।

    images

    सोही बैठकले विवादपछि माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापा 'बादल' सहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

    आजको बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिएको छ। उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए।

    त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ।

    कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ।

    बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ।

    बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # ओली समूह
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology