Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपामा देखिएको विवाद नेता कार्यकर्ताबीच तल्लो तहसम्मै पुग्यो

नेकपामा देखिएको विवाद नेता कार्यकर्ताबीच तल्लो तहसम्मै पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७७ शनिवार • १४:५६:०४ बजे
  • 1.5K
    SHARES
  • नेकपामा देखिएको विवाद नेता कार्यकर्ताबीच तल्लो तहसम्मै पुग्यो

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला गम्भीर नेतृत्व संकटबाट गुज्रिरहेको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बढ्दो टकरावले पार्टी तथा सरकार दुबै अन्योलग्रस्त अवस्थामा छ । सरकार सञ्चालन र पार्टीको आन्तरिक काम कारवाहीमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एकलौटी गरेको र अर्का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेताहरु झलनाथ खनाल तथा माधवकुमार नेपालसँग सरसल्लाह नगरेको भन्ने नै मुख्य मुद्दा छ । अध्यक्षद्वयबीच कुरा नमिल्दा असार १० गतेदेखि सुरु भएदेखि विभिन्न पटक स्थगित स्थायी कमिटी बैठक पनि अन्यौलग्रस्त बनेको छ । यही परिदृश्यमा नेकपाका युवा नेताहरु पनि आन्तरिक कलह निर्मुल पार्न दौडधुपमा छन् । पार्टी र सरकार दुबैको नेतृत्वमा ओली पूर्णत असफल भैसकेकाले उनले दुबै पदबाट राजीनामा दिनुपर्ने प्रचण्ड र नेपाल समूहको माग छ । तर, ओली दुबै पदबाट राजिनामा नदिने अडानमा छन् ।

    images

    नेकपाका एक अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, भिम रावललगायतका नेता ओलीले दुबै पद छाडेर मार्ग प्रशस्त गर्नुपर्ने अडानमा छन् । स्थायी कमिटी बैठकमा पनि ३१ जना सदस्यले ओलीको राजिनामा मागेका थिए । यहीबीचमा नेकपामा युवा नेताहरुले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरको भरपुर सदुपयोग गरिरहेका छन् । विभिन्न समूह बनाएर उनीहरु भर्चुअल बैठकदेखि अनलाइन सेमिनारसम्म चलाइरहेका छन् । समाजिक सञ्जालमा सक्रिय नेकपा नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शनिबार फेसबुकमा लामो भावनात्मक स्टाटस राखेका छन् । ज्ञवालीले सारमा अध्यक्षद्वय मिल्नुपर्ने र जनताको विश्वासलाई धोका दिन नहुने उल्लेख गरेका छन् ।

    नेकपा फगत एकथान पार्टीमात्रै नभएको भन्दै ज्ञवालीले धुरीखाँबो भाँचियो भने घर ढल्न समय नलाग्ने भावनात्मक चेतावनी दिएका छन् । नेकपामा अहिले वैचारिक–राजनीतिकभन्दा बढी शीर्ष नेतृत्वको पद व्यवस्थापनको समस्या देखिएको भन्दै उनले महामारीले देशमा संकटको अवस्था सिर्जना गरेका बेला योजनासहित देशलाई आर्थिक तथा समाजिक स्वास्थ्य संकटबाट पार लगाउने बेला भएको बताएका छन् ।

    नेता योगेश भट्टराई भने प्रधानमन्त्री ओली र यो सरकार असफल भैसकेको भन्ने विषय यथार्थता भन्दा बाहिरको भएको बताउँछन् । सरकारले अहिलेको गम्भीर अवस्था देशलाई सही दिशानिर्देश गरिरहको र सफल हुने उनको दावी छ । सामाजिक सञ्जालमा सक्रिय अर्का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले ओलीले राजिनामा दिनुपर्ने कुनै कारण नभएको धारणा राखेका छन् । दुबै अध्यक्षको पहलमा पार्टी एकता भएकाले दुइमध्ये एकले छाडेको अवस्थामा पार्टी एकताको औचित्य स्वतः सकिने उनको धारणा छ । यता विद्यार्थी तथा युवा संघका नेताबाट भने नेकपा बन्नुभन्दा अगाडि पूर्व पार्टी पक्षका नेताको धारणासँग मेल खाने प्रतिक्रिया आइरहेका छन् ।

    अनेरास्ववियूका संयोजक ऐन महर खुलेर प्रधानमन्त्रीको पक्षमा देखिएका छन् भने उनले प्रधानमन्त्रीको राजिनामा माग्नु गलत भएको भन्दै सामाजिक सञ्जालमा निरन्तर लेखिरहेका छन् ।

    सहसंयोजक रञ्जित तामाङको धारणा भने प्रचण्डसँग मिल्ने खालको छ । अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नुपर्ने र पार्टी संस्थागत ढंगले चल्नुपर्ने धारणा उनले सामाजिक सञ्जालमा निरन्तर राख्दै आएका छन् । नेकपामा अहिले देखिएको विवाद नेता कार्यकर्ताबीच तल्लो तहसम्मै फैलिएको छ । ओली पक्षधरहरु सरकारको पक्षमा सडकमै रहेका बेला प्रचण्ड–नेपाल पक्षका कार्यकर्ता ओलीको तिव्र विरोधमा देखिएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology