पोखरा - नेकपाका अधयक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटीले माधव नेपाल पक्षका नेता कार्यकर्ताको जिम्मेवारी खोसिदिए पछी नेता माधवकुमार नेपाल पक्षले पनि केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
नेपाल र झलनाथ खनाल पक्षले आज ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको हो। शुक्रबार साँझ नेपाल पक्षका स्थायी कमिटी सदस्यको बैठक बसेको थियो। स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णय नमान्ने निष्कर्ष निकालेको थियो।
शुक्रबार साँझ बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले नेपाल पक्षका पदाधिकारीको जिम्मेवारी खोसेको थियो। त्यस्तै, रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो भने केही प्रदेश इन्चार्ज पनि हेरफेर गरेको थियो।
त्यसको नेपाल खनाल पक्षले विरोध गरेको छ। ओलीको निर्णयलाई उनीहरुले पार्टी फुटाउने उद्देश्यले आएको जनाएको छ। यसका विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेको छ।
आज बस्ने केन्द्रीय कमिटीको बैठकले थप निर्णय गर्ने नेपाल पक्षका एक नेताले बताए।
माधव नेपाल पक्षले बाेलायाे राष्ट्रिय भेला
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा माधवकुमार नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल पक्षले पार्टीकाे राष्ट्रिय भेला बोलाएकाे छ।
त्यसमा केन्द्रीय सदस्य, सांसद, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी, जनसंगठनका पदाधिकारी र जनसंगठनका जिल्ला अध्यक्षहरु सहभागी हुने नेता बेदुराम भुसालले छ।
ओलीले नेपाल पक्षलाई बाइपास गरेर नेताहरुलाई जिम्मेवारीविहीन बनाएपछि शुक्रबार आकस्मिक रुपमा सो पक्षका स्थायी समिति सदस्यहरुको बैठक बसेको थियो।
सो बैठकले भोलि शनिबार केन्द्रीय सदस्यहरुको बैठक बोलाएको हो ।
महाधिवेशन हुन नसकेको अवस्थामा महाधिवेशनले गर्ने महत्वपूर्ण निर्णयहरु त्यसअघि नै गर्नुपरेमा राष्ट्रिय भेलाको आयोजना गरिन्छ।