नेकपा एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले पार्टीको दशौँ महाधिवेशनको मिति तय गरेको हो।
माधव नेपाल पक्षलाई जानकारी नदिई गरिएको बैठकले पूर्व माओवादीबाट आएका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय समेत गरेको छ भने अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएको छ।
त्यसैगरी बैठकले बागमती प्रदेशको इन्चार्जमा रामबहादुर थापा, सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट र कर्णाली प्रदेशको इन्चार्जमा मणिचन्द्र थापालाई जिम्मा दिएको छ।