Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

न्यायाधीशमा सिफारिस

म्याग्दीका नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस

म्याग्दीका नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २९, २०७७ शनिवार • १०:५२:१८ बजे
  • 2.9K
    SHARES
  • म्याग्दीका नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस

    आश तमु पोखरा - म्याग्दीका नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन ।

    images

    न्याय परिषद्को शुक्रबार बसेको बैठकले म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीका सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

    उच्च अदालत सुर्खेतमा कार्यरत सुबेदी न्यायालयको क्षेत्रमा सबैभन्दा माथिल्लो तहमा पुग्ने एक मात्रै म्याग्देली हुन । यस अगाडी न्याय परिषद्का सचिब, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारको समेत जिम्मेबारी सम्हालि सकेका छन् सुवेदीले ।

    यसैबीच जिल्ला अदालत म्याग्दीमा न्यायाधीश माधवेन्द्र रेग्मीलाई उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको छ ।

    सर्वोच्च अदालतमा सिफारिस भएका २ जनालाई संसदीय सुनुवाई समितिले अनुमोदन गरी राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ। उच्च अदालतको न्यायाधीशमा सिफारिस भएकालाई प्रधानन्यायाधीशले नियुक्ति गर्ने कानुनी व्यवस्था छ।

    न्यायपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो । सर्वोच्च अदालतमा दुई र उच्च अदालतमा १८ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस भएको हो ।

    उच्च अदालतका वरिष्ठ मुख्य न्यायाधीशबाट कुमार चुँडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतमा नियुक्ति सिफारिस गरिएको हो । उच्च अदालतमा १८ जनाको सिफारिस भएको छ । उच्चमा सरकारी वकिलका तर्फबाट नायवमहान्यायाधिवक्ता नारायणप्रसाद पौडेल, कानुनसचिव ऋषि राजभण्डारी नियुक्त भएका छन् ।

    जिल्ला न्यायाधीशबाट जगतनारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तमप्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मोदिनीप्रसाद पौडेलको सिफारिस भएको छ । सुनसरी जिल्ला अदालतमा कार्यरत कोइराला बलात्कार मुद्दामा सिद्धबाबालाई सफाइ दिने न्यायाधीश हुन् ।

    न्यायसेवाका सहसचिवद्वय रामेश्वर रेग्मी र ममता खनाल पनि उच्च अदालतको न्यायाधीशमा सिफारिसमा अटाएका छन्। कानुन व्यवसायीबाट फुर्वा तामाङ, श्रीधराकुमारी पुडासैनी, जगदीश घिमिरे, पुनमसिंह चन्द, सागर विष्ट, गणेश ठाकुर र निर्मला शाक्यको सिफारिस भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले उनीहरूको सिफारिस गरेका हाे । न्यायपरिषद्का सदस्य रहेका सर्वाेच्चका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले अर्जुनप्रसाद कोइरालाको सिफारिसमा नोट अफ डिसेन्ट लेखेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # न्यायाधीशमा सिफारिस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology