Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वैद्य निकट माओवादीका केन्द्रीय सदस्य थारु बन्दुक र आखेटोपहार सहित पक्राउ

वैद्य निकट माओवादीका केन्द्रीय सदस्य थारु बन्दुक र आखेटोपहार सहित पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २९, २०७७ शनिवार • १६:०७:४७ बजे
  • 1.4K
    SHARES
  • वैद्य निकट माओवादीका केन्द्रीय सदस्य थारु बन्दुक र आखेटोपहार सहित पक्राउ

    नेपालगन्ज- वैद्य निकट माओवादी क्रान्तिकारी पार्टीका केन्द्रीय सदस्य ऋषिराम थारु बन्दुक र आखेटोपहारसहित पक्राउ परेका छन् ।

    images

    राप्ती सोनारी गाउँपालिका-५ जब्बरपुरका थारुलाई प्रहरीले शनिबार बिहान भरुवा बन्दुकसहित वन्यजन्तुका आखेटोपहारसहित पक्राउ परेका हुन् ।

    इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुको नेतृत्वको टोलीले उनको घरमा शनिबार बिहान ९ बजे छापा मारेको थियो ।

    उनको घरबाट प्रहरीले २ थान भरुवा बन्दुक, छोरा ओमप्रकाश थारुको घरबाट १ थान बारबोर बन्दुक र भाइ लालबहादुर थारुको घरबाट १ थान कटुवा पेस्तोल बरामद गरेको छ । त्यस्तै, बारुद १ किलो, सटगनमा लाग्ने खोका ५० थान पनि बराम गरिएको प्रहरीले जनाएको छ ।

    उनको घरबाट ३ थान जरायोको सिंह, १० थान बँदेलका दाँत, ४ थान चित्तलको दाँत र दुम्सिको प्वाँख फेला पारिएको प्रहरी सहायक निरीक्षक थारुले बताए ।

    पक्राउ परेका थारु २०७४ सालको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट प्रदेश सांसद् पदमा उम्मेदवारी दिएका थिए

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology