Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा एमाले विवाद

माधव नेपालद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ?

माधव नेपालद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २९, २०७७ शनिवार • १६:१२:५२ बजे
  • 2.4K
    SHARES
  • माधव नेपालद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ?

    काठमाडौं - नेकपा (एमाले) माधव नेपाल र झलनाथ खनाल पक्षले पार्टीको प्रदेश इन्चार्ज र विभागको जिम्मेवारी तोकेको छ।  शनिबार बसेको केन्द्रीय कमिटी बैठकबाट नेपाल–खनाल समूहले पार्टी नेतालाई प्रदेश र विभागको जिम्मेवारी तोकेको हो । 

    images

    नेता भीम रावलका अनुसार बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी भीम आचार्यलाई दिएको छ । प्रदेश २ को इन्चार्ज घनश्याम भुसाल बनेका छन् भने बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य छन् । शाक्यलाई महिला विभागकोसमेत जिम्मेवारी दिइएको छ । 

    त्यसैगरी गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी सुरेन्द्र पाण्डेले पाएका छन् भने लुम्बिनी र कर्णाली प्रदेशको जिम्मेवारी युवराज ज्ञवालीलाई दिइएको छ । सुदूरपश्चिम प्रदेशको जिम्मेवारी भने भीम रावल स्वयम्ले पाएका छन् । 

    बैठकले रघुजी पन्तलाई युवा इन्चार्ज, गोकर्ण विष्टलाई विद्यार्थी इन्चार्जको जिम्मेवारी दिइएको छ । 

    शुक्रबार मात्र बालुवाटारमा बसेको एमाले केपी ओली समूहको बैठकले माओवादी नेतालाई प्रदेशको जिम्मेवारी दिएपछि नेपाल समूहले शनिबार यस्तो निर्णय गरेको हो ।

    ओलीले शुक्रबार प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारीसमेत हेरफेर गरेका थिए। 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology