ब्रेन र आन्द्रामा रगत जमेर काठमाण्डौको टिचिङ अस्पतालमा उपचारर्थ बेनी नगरपालिका-२ ज्यामरुककोटकी एक यूवतीको उपचारमाआर्थिक समस्या देखिएको छ । बाथ रोगबाट ग्रसित २१ बर्षिया प्रतिक्षा सुबेदीको अप्रेसन सहित थप उपचारका लागि आर्थिक समस्याभएको स्थानीय भिमबहादुर पौडेलले जानकारी दिनुभयो ।
करिब दुईबर्ष अगाडी बिरामी भएकी सुबेदीको विगतमा आफन्त र गाउँमा आर्थिक सहयोग जुटाएर उपचार गरिएपनि शुक्रबार एक्कासीब्रेन र आन्द्रामा समस्या देखिएपछि थप उपचारमा समस्या भएको बताइएको छ! यसैबिच बिरामीको उपचारका लागी सहयोग गरिदिनका लागी सरकारी निकाय,सामजिक संघ संस्था तथा देश बिदेशमा रहनु हुने मनकारीहरु संग बिरामीको आमा सन्तु सुबेदीले अनुरोध गर्नुभएको छ!
सहयोगका लागी
भिम बहादुर पौडेल 9863042041
दिपेन्द्र कार्की 9847642840