Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २९, २०७७ शनिवार • १६:१७:१३ बजे
  • 1.9K
    SHARES
  • सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

    काठमाडौं- नेकपा माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहितका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

    images

    हाल माओवादी केन्द्रका गृहमन्त्री बादलसहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।

    यसैबीच नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनयन भएका नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण दिनसमेत माओवादी केन्द्रले निर्देशन दिएको छ ।

    एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका हुन् । बादललाई वागमती र लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी समेत दिइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology