Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

४३ ग्रेड ओ.पि.सी. सिमेन्ट

शिवम् सिमेन्ट ४३ ग्रेड ओ.पि.सी. सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्न सफल

शिवम् सिमेन्ट ४३ ग्रेड ओ.पि.सी. सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्न सफल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २, २०७७ सोमवार • ०८:४६:३४ बजे
  • 2.6K
    SHARES
  • शिवम् सिमेन्ट ४३ ग्रेड ओ.पि.सी. सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्न सफल

    शिवम् सिमेन्ट ४३ ग्रेड ओ.पि.सी. सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्न सफल भएको छ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको हो । हालै गुणस्तर तथा नापतौल विभागले ल्क् NS-572  प्रमाणिकरण गरी शिवम्लाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो ।

    images

    सिमेन्ट जगतमै पहिलो पटक N.S. Quality Award-2019 प्रथमबाट पुरस्कृत शिवम् सिमेन्ट यो संगै ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने नेपालकै  पहिलो र एक मात्र ब्राण्ड बन्न सफल भएको हो । अब हालसम्म उत्पादित सिमेन्ट मध्ये शिवम् मात्रै यस्तो ब्राण्ड हो जुन NS-572 प्रमाणिकरण भै ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न योग्य छ  ।

    निरन्तर गुणस्तरिय उत्पादनकै कारण सिमेन्ट जगतमै पहिलो पटक शिवम्ले NS Quality Award-2019  बाट सम्मानित भएको शिवम्ले गुणस्तरिय उत्पादनकै प्रतिफल स्वरुप फेरी NS-572 को अनुमति तथा मान्यता प्राप्त गरी नेपालकै पहिलो र एकमात्र ४३ ग्रेडको सिमेन्ट उत्पादक भै आफ्नो निरन्तर गुणस्तरिय उत्पादनलाई प्रमाणित गरेको छ ।

    शिवम टिमले प्रेस नोट जारी गर्दै भनेको छ, "यो भन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एन. एस. ४९ प्रामाणिकरण गर्दै आईरहेको थियो जस अन्तर्गत उत्पादित सिमेन्टहरु कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलव्ध थिए । नेपालमा एन. एस. ४९ को मापदण्ड अनुरुप उत्पादन तथा बिक्री वितरणको मान्यता दिदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले NS-572 को अवधारणा सहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो । अब कुनै पनि सिमेन्ट कम्पनीले ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न NS-572  प्रमाणिकरण गर्नु  अनिवार्य छ । जसका लागि नेपाल गुणस्तर तथा नापतैल विभागले विभिन्न तह–तहमा चुनढुङ्गा, कच्चापदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित ल्किङ्कर र सिमेन्टको लामो समयसम्म परिक्षण गरी NS-572  बमोजिमको गुणस्तर कायम भएको ल्याव परिक्षण समेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणिकरण गर्ने प्रक्रिया रहेको छ । 

    Quality को मामलामा No Compromise  भन्दै देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भई यो अवार्ड प्रदान गरिएको छ । . OPC Cement मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरिय एवम् उत्कृष्ट उत्पादन हो भन्ने कुरा यो अवार्डले पुष्टि गरेको छ ।
    “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा Quality को मामलामा No Compromise ,जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

    आजको यस घडीमा शिवम् सिमेन्ट आफुप्रति सबैले गरेको भरोसाले बनेको यो सम्बन्ध युगौं युग अटुट रहिरहने प्रतिवद्धता जाहेर गर्दछ । "

    Untitled.png

    सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली opc सिमेन्ट बन्न सफल भएको हो ।

    नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा ISI, URS प्रमाणित ISO Certificate  प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology