सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेका दुवै पक्षबीच भेटवार्ता शुरु भएको । पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको भेटवार्तामा ओली पक्षबाट अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा महासचिव इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सुबासचन्द्र नेम्वाङलगायतका नेताहरु छन् भने माधवकुमार नेपाल पक्षबाट नेता नेपालसहित नेताहरु भीम रावल, रघुजी पन्त, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका नेताहरु रहेका छन् ।
प्रधानमन्त्री ओलीले नेता नेपालसँग एक्लै बालुवाटारमा भेट्न खोजे पनि नेता नेपालले आफुले सामुहिक रुपमा नै भेट्ने तर पार्टी कार्यालयमा भेट्ने भनेपछि बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा भेट गर्ने तय भएको बताइएको छ ।
अध्यक्ष ओलीले एक पक्षीय निर्णय गर्दै माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्य बनाएपछि नेपाल पक्षले त्यसको विरोध गर्दै आएको छ । साथै अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरुको जिम्मेवारी पनि खोसेपछि नेपाल पक्षले समानान्तर कमिटी बनाएका छन् ।