Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निर्मला पन्त

संग्रौलाको आरोप : निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा गृहमन्त्री थापाकै संलग्नता !

संग्रौलाको आरोप : निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा गृहमन्त्री थापाकै संलग्नता !

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २, २०७७ सोमवार • १३:५५:०८ बजे
  • 5.6K
    SHARES
  • संग्रौलाको आरोप : निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा गृहमन्त्री थापाकै संलग्नता !

    पोखरा- कञ्चनपुरको भिमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा गृहमन्त्री थापाकै संलग्नता रहेको लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले ठोकुवा गरेका छन्। संग्रौलाले फेसबुकमार्फत थापामाथि गम्भीर आरोप लगाएका हुन् । 

    images

    उनले निर्मलाको हत्यामा संलग्नता भएकै कारण थापा निरीह बनेको बताए । 

    निर्मलाको हत्यामा संलग्न भएकै कारण गृहमन्त्री थापा प्रधानमन्त्री केपी शर्मा ओलीले ब्ल्याकमेलिङ गरिरहेको पनि संग्रौलाको आरोप छ । आफ्नो सत्ता स्वार्थका लागि ओलीले सोही विषयमा बादललाई ब्ल्याकमेलिङ गरिरहेका उनको आरोप छ । 

    यी सबै विषयमा अहिले बाहिर जानकारी नआएपनि समयक्रममा सबै खुल्दै जाने संग्रौलाले लेखेका छन् । उनले धेरै कुरा समयक्रममा खुल्दै जाने प्रष्ट पारेका छन् । 

    संग्रौलाले लेखेका छन्, 'निर्मला पन्तको बलात्कारपछि हत्यामा राम बहादुर थापा ’बादल’ को संम्लग्नताले उनी निरीह बने । उनको निरीह पनलाई केपी ओलीले ब्ल्याकमेलिङ गरिरहेका छन् । आफ्नो सत्ता स्वार्थलाई । धेरै कुरा समयक्रममा खुल्दै जाने छ ।'

    khagen.jpg

  • सम्बन्धित विषय:

  • # निर्मला पन्त
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology