Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गाउँपालिका अध्यक्ष राउत १५ दिनदेखि सम्पर्कविहीन

गाउँपालिका अध्यक्ष राउत १५ दिनदेखि सम्पर्कविहीन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३, २०७७ मंगलवार • ११:०५:११ बजे
  • 1.5K
    SHARES
  • गाउँपालिका अध्यक्ष राउत १५ दिनदेखि सम्पर्कविहीन

    धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत १५ दिनदेखि सम्पर्कविहीन छन् । गत १७ फागुनमा एउटा योजनाको ठेक्का मिलाइदिने भन्दै उनले निर्माण व्यवसायीसँग आठ लाख रुपैयाँ घुस लिएका थिए ।

    images

    चालक वीरबहादुर मगरले चलाएको प्रदेश २ ०२ ००१ झ ०००२ नम्बरको कालो रङको स्कर्पियो गाडीमा घुस रकम लिएर गाउँपालिकातर्फ जाँदै गर्दा उनलाई अख्तियारको टोली रेकी गर्दै पछि लागेको थियो ।

    अख्तियारको टोलीलाई देखेपछि उनी सडक किनारमा आठ लाख रुपैयाँ फ्याँकी गाडीबाट हामफालेर फरार भएका थिए । त्यसयता उनी सम्पर्कमा छैनन् । गाउँपालिका प्रमुख नै नभएपछि कार्यालय सुनसान बनेको छ । सरकारी सेवा लिनबाट गाउँपालिकाका जनता वञ्चित भएका छन् ।

    हरेक विकासका योजनामा अध्यक्ष राउतले अनियमितता गरेको तथा विगत वर्षमा भएका विकास निर्माणको खर्च सार्वजनिक नगरेकाले राउतलाई कारबाहीको माग गर्दै १८ फागुनमा स्थानीयले गाउँपालिका कार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।

    दुई सातादेखि गाउँपालिकामा तालाबन्दी गरिए पनि खुलाउन उपाध्यक्ष प्रमिलादेवी महतो, निमित्त प्रशासकीय अधिकृत रुद्रनारायण यादवलगायतले कुनै चासो नदेखाएको एक सेवाग्राहीले बताए । तर, तालाबन्दी खुलाउने विषयबारे धनुषाका प्रमुख जिल्ला अधिकारीसँग समेत कुराकानी भएको महतोले बताइन् ।

    गाउँपालिकाका कार्यालय नै बन्द रहँदा काम गराउन आउने सेवाग्राही रित्तै घर फर्किन बाध्य छन् । फरार भएका राउत अख्तियारले खोजिरहे पनि अहिलेसम्म पक्राउ परेका छैनन् । उनी काठमाडौंमा रहेको बुझिएको छ । गाउँपालिका कार्यालय बन्द हुँदा कर्मचारीहरू हाजिरी गरेर फर्किने गरेका छन् । विकास योजनाका कामसमेत ठप्प भएको एक कर्मचारीले बताए ।

  • सम्बन्धित विषय:

  • # सम्पर्कविहीन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology