Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड र सचेतकमा गुरुङ

नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड र सचेतकमा गुरुङ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३, २०७७ मंगलवार • १६:४२:०४ बजे
  • 2.4K
    SHARES
  • नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड र सचेतकमा गुरुङ

    पोखरा - नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङलाई चयन गरेको छ ।

    images

    मंगलबार बसेको संसदीय दलको बैठकले नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन गरेको नेता वर्षमान पुनले जानकारी दिए । त्यस्तै राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ ।

    यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टी नेकपामा संसदीय दलको नेता केपी शर्मा ओली र प्रमुख सचेतक देव गुरुङ थिए ।

    तर सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रले आफ्नो संसदीय दलको पदाधिकारी चयन गरेको हो । अझै संसदीय दलको उपनेता र सचेतक चयन गरेको छैन ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology