Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल र खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीहरुलाई १० समूहमा विभाजन गरी छलफल

नेपाल र खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीहरुलाई १० समूहमा विभाजन गरी छलफल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ४, २०७७ बुधवार • १३:२४:१७ बजे
  • 1.6K
    SHARES
  • नेपाल र खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीहरुलाई १० समूहमा विभाजन गरी छलफल

    नेकपा एमालेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीहरुलाई १० समूहमा विभाजन गरी छलफल गरिने भएको छ।

    images

    ललितपुरको सानेपामा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा देशभरबाट आएका सहभागीहरुलाई समूहगत रुपमा विभाजन गरी छलफल गर्न लागिएको छ ।

    प्राप्त समाचार अनुसार सहभागीलाई ७ प्रदेश, केन्द्रीय विभाग, केन्द्रीय निकाय र जनवर्गीय संगठनका आधारमा विभाजन गरिएको छ ।

    आयोजकहरुले सो भेलाका लागि देशभरबाट झण्डै ३५ सय सहभागी आइपुगेको दावी गरेका छन्।

    प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ गते आफू निकट केन्द्रीय समिति सदस्यहरुको बैठक राखेर नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्ने, एकलौटी रुपमा महाधिवेशनको मिति घोषणा गर्ने, केन्द्रीय सदस्य थप गर्ने लगायतका निर्णय गरेपछि नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको हो।

    नेपाल खनाल समूहले प्रधानमन्त्रीको कदमबारे छलफल गरेर आगामी यात्रा तय गर्नका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology