Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हामीले भेला गर्दा बालुवाटार बस्ने ओलीलाई पीडा भएछ - उपाध्यक्ष अष्टलक्ष्मी शाक्य

हामीले भेला गर्दा बालुवाटार बस्ने ओलीलाई पीडा भएछ - उपाध्यक्ष अष्टलक्ष्मी शाक्य

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ४, २०७७ बुधवार • १३:३२:२१ बजे
  • 2.9K
    SHARES
  • हामीले भेला गर्दा बालुवाटार बस्ने ओलीलाई पीडा भएछ - उपाध्यक्ष अष्टलक्ष्मी शाक्य

    काठमाडौँ - नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफ्नो पक्षले भेला गर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पीडा भएको भन्दै टिप्पणी गरेकी छन् ।

    images

    एमालेको खनाल नेपाल समूहले गरेको गुट भेलालाई सम्बोधन गर्दै शाक्यले उनले उक्त भेला गुटको नभएर एमालेको भएको दाबी गरेकी हुन् ।

    हामीले भेला गर्दा बालुवाटार बस्ने ओलीलाई पीडा भएछ । त्यसपछि सबैलाई कारबाही गर्छौ भन्नु भएछ । त्यति मात्रै नपुगेर विज्ञप्ति पनि जारी भएछ, उनले भनिन्, म सबैलाई भन्न चाहन्छु। पार्टीले आयोजना गरेको भेलामा आउन कोही डराउनु पर्दैन । यो कुनै गुटको भेला होइन एमालेको भेला हो । केन्द्रीय समितिले आयोजना गरेको भेला हो । ढुक्क भएर बस्नु होला ।

    उनले अध्यक्ष ओली समूह भेला आयोजना गर्दा डर र धम्की सहनु पर्ने भन्दै प्रश्न गरिन् । के भेलामा आउन डराउनु पर्ने ? धम्की सहनुपर्ने ? म त्यसको निन्दा गर्न चाहन्छु, उनले भनिन्, ओलीलाई म अनुरोध गर्न चाहन्छु । तपाईले २८ गते जुन भेला गरेर हामी सबै पदाधिकारीलाई हटाउने काम गुटको भेलाबाट गर्यो । के त्यो विधानसम्बत् त हो ? त्यो निर्णयलाई फिर्ता लिएर यो भेलामा आइदिनुस् । उनले पार्टीलाई एक बनाउनकै लागि अदालतको फैसलापछि ढिला नगरी पार्टीमा फर्किएको पनि दाबी गरिन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology