Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीकै कारण पार्टी विभाजन हुने अवस्थामा पुग्यो - नेता झलनाथ खनाल

ओलीकै कारण पार्टी विभाजन हुने अवस्थामा पुग्यो - नेता झलनाथ खनाल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ४, २०७७ बुधवार • १३:४२:१३ बजे
  • 1.5K
    SHARES
  • ओलीकै कारण पार्टी विभाजन हुने अवस्थामा पुग्यो - नेता झलनाथ खनाल

    काठमाडौँ - नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आसेपासेलाई नियुक्ति गर्ने काम गरेको आरोप लगाएका छन् ।

    images

    काठमाडौँमा खनाल -नेपाल समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले ओलीकै कारण पार्टी विभाजन हुने अवस्थामा पुगेको बताएका हुन् । 'सामूहिक घोषणा पत्रलाई ओली सरकारले कुनै पनि पूरा गर्न सकेन । नेता र केन्द्रीय कमिटीसँग छलफल, विचार विमर्श गर्नु भएन,' उनले भने, 'भ्रष्टाचार व्यापक रुपमा बढेर गयो । स्वयं प्रधानमन्त्रीले त्यस्तालाई संरक्षण गर्ने कुरा अगाडि सार्न थाल्नु भयो । त्यसैले देशमा अन्यौंल बढ्दै गयो । ओलीले आफ्ना धुपौरे र आसोपासेलाई विभिन्न निकायमा नियुक्त गर्ने काम गर्नुभयो । पार्टीमा कुनै सल्लाह गर्नु भएन ।'

    ओलीकै अहंकारका कारण समाजवादको दिशामा देशलाई अघि बढाउने काममा धक्का लागेको खनालको आरोप छ । 'समाजवादको दिशामा अगाडि बढाउने सम्भावना पैदा भएको थियो । तर, त्यो सम्भावनालाई ओली नेतृत्वको सरकारले मनपरितन्त्र र अहंकारले ग्रस्त भएर आफ्नै खालका काम गर्न थाल्नुभो,' उनले भने, 'आफ्ना गुटका मान्छेलाई मात्रै राखेर क्याविनेट बनाइयो । प्लानिङ कमिसन पनि त्यसरी नै बन्यो । तीन वर्षका नीति र कार्यक्रममा कुनै सरसल्लाह रहन सकेन ।'

    उनले पछिल्लो अवधिमा ओलीले अरुको कुरा सुन्न छोडेको पनि बताए । पछिल्लो अवधिमा त उहाँले पार्टीका कुरा नसुन्ने मात्रै होइन बैठक नै राख्न छोड्नु भयो, उनले भने, दुई तीन महिनामा एकीकरण सक्ने भनेका थियौं । तर, तीन वर्षसम्म पनि पूरा हुन सकेन । पार्टीलाई बचाउन पनि सकिएन । ओलीको दमन सहेर मात्र बसेको भन्दै उनले भने, हामीले संसद्मा पनि विरोध गरेनौं । कमिटीभित्र प्रश्न उठायौं । बाहिर प्रश्न उठायौं । तीन वर्ष सहेर बस्यौं । हामीले प्रश्न उठाउन थालेपछि उहाँले संसद विघटन गर्नुभयो । यो संविधानको ठाडो उल्लंघन थियो ।

    हामीले यसकाविरुद्ध संवैधानिक र राजनीतिक लडाइँ पनि लड्यौं । सर्वाेच्चको फैसलालाई रहस्यमय भन्दै उनले ओलीले पार्टी विभाजन, विघटनतर्फ लैजान दुस्प्रयास गरेको उनको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology