Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अन्नपूर्ण पोष्टका १ वर्षदेखि २० वर्षसम्म काम गरेका २८ पत्रकारले दिए सामूहिक राजीनामा

अन्नपूर्ण पोष्टका १ वर्षदेखि २० वर्षसम्म काम गरेका २८ पत्रकारले दिए सामूहिक राजीनामा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ५, २०७७ बिहिवार • १०:०१:२१ बजे
  • 1.8K
    SHARES
  • अन्नपूर्ण पोष्टका १ वर्षदेखि २० वर्षसम्म काम गरेका २८ पत्रकारले दिए सामूहिक राजीनामा

    पोखरा - अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत श्रमजीवी पत्रकारहरुले सामूहिक राजीनामा दिएका छन् ।२०७८ देखि जेठ ३ गते लागू हुनेगरी पोष्टमा कार्यरत २८ जना पत्रकारहरुले सामूहिक राजीनमा दिएका हुन् ।

    images

    १ वर्षदेखि २० वर्षसम्म काम गरेका २८ पत्रकारले मंगलबार सामूहिक राजीनामा दिएका छन् ।

    पत्रिका बन्द हुने भन्दै सम्पादक अखण्ड भण्डारी र कम्पनीका सिइयो मानस घिमिरेले राजीनामा दिन दबाब दिएको पत्रकारहरुको राजीनामा पत्रमा भनिएको छ ।

    पत्रकारहरुले आफूले पाउने सम्पूर्ण सुविधा २०७८ वैशाख ३ भित्र उपलब्ध गराइदिन अनुरोधसमेत गरेका छन् ।

    पत्रिका बन्द हुने विषयमा कम्पनीका अध्यक्ष क्पाप्टेन रामेश्वर थापाले पत्रकारहरुलाई सम्बोधन गर्ने आश्वासन सम्पादक भण्डारीले दिएपनि अहिलेसम्म त्यो हुन नसकेकाले राजीनामा दिएको पत्रकारहरुले दिएको राजीनामा पत्रका उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # राजीनामा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology