Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सैनिक शासक

म्यानमारका सैनिक शासकको हातबाट डेढ महिनामै २ सय ४४ जना नागरिक मारिए

म्यानमारका सैनिक शासकको हातबाट डेढ महिनामै २ सय ४४ जना नागरिक मारिए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ६, २०७७ शुक्रवार • १३:४१:४३ बजे
  • 1.6K
    SHARES
  • म्यानमारका सैनिक शासकको हातबाट डेढ महिनामै २ सय ४४ जना नागरिक मारिए

    म्यानमारका सैनिक शासकको हातबाट डेढ महिनामै २ सय ४४ जना नागरिक मारिएका छन्। म्यानमारको सेनाले माघ १९ मा सत्ता हातमा लिएयता यति धेरै नागरिकको हत्या गरिएको हो।

    images

    त्यहाँका राजनीतिक बन्दीलाई सहयोग गर्ने संस्था एएपिपीका अनुसार सेनाले सत्ता लिएयता म्यानमारमा २ सय ४४ जनाको हत्या भइसकेको छ। सेनाले सत्ता हातमा लिए यता २ हजार २५८ जना नागरिक गिरफ्तार भएका छन्। 

    ती मध्ये १ हजार ९ सय ३८ जना अहिले पनि सैनिक हिरासत र नजरबन्दमा कठोर जीवन बिताइरहेका छन्। आन्दोलनमा लागेपछि गिरफ्तार गरिएकी एक सरकारी कर्मचारीलाई त्यहाँको सैन्य शासकले हिरासतमै हत्या गरेर शव परिवारलाई बुझाएको छ।

    सेनाले ती महिला कर्मचारीको शव शुक्रबार बिहान आफन्तलाई बुझाएको हो। म्यानमारस्थित नेपाली पत्रकार दीपक भट्टराईका अनुसार त्यहाँको 'मान्छेमा त्रास पैदा गर्न कतिपयलाई गिरफ्तार गरिएपछि विभत्स रुपमा हत्या गरेर आफन्तलाई शब बुझाइने गरिएको छ। यसले प्रदर्शनकारीको मनोबल कमजोर बनाउन सकिने अनुमान सेनाको छ। 

    त्यहाँको सेनाले माघ १९ गते बिहान राज्य सल्लाहकार एवं विदेशमन्त्री आङ साङ सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई हिरासतमा लिई सत्ता कब्जा गरेको थियो। यससँगै एक वर्ष संकटकाल लगाएको घोषणा सेनाले गरेको थियो। 

    नेत्री सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)ले नोभेम्बरमा सम्पन्न निर्वाचनमा बहुमत (८३ प्रतिशत) सिट प्राप्त गरेको थियो। उक्त निर्वाचनलाई कयौंले सुकी सरकारको जनमत संग्रहका रूपमा व्याख्या गरेका थिए। सैन्य शासन सन् २०११ मा अन्त्य भएपछि त्यो दोस्रो निर्वाचन थियो।

    सेनाले निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्टि जनाएको थियो। सेनाका तर्फबाट सर्वोच्च अदालतमा राष्ट्रपति र निर्वाचन आयोगका अध्यक्षविरुद्ध मुद्दा दायर गरिएको थियो। निर्वाचनकै विषयमा सेना र सरकारबीच विवाद चुलिएको थियो। 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology