Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्री ओलीका विश्वास पात्र महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले दिए राजीनामा

प्रधानमन्त्री ओलीका विश्वास पात्र महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले दिए राजीनामा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ६, २०७७ शुक्रवार • १४:०६:०३ बजे
  • 730
    SHARES
  • प्रधानमन्त्री ओलीका विश्वास पात्र महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले  दिए राजीनामा

    पोखरा - महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएका छन्। शुक्रबार दिउँसो १ बजे  पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएको घोषणा गरेका छन्। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई अदालतमा रक्षा गर्न नसकेपछि राजीनामा दिने चर्चा चलिरहेका बेला उनको राजीनामा आएको हो। 

    images

    उनले नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङसँगको परामर्शपछि राजीनामा दिएका हुन्। नेम्बाङले पनि खरेलको राजीनामाबारे जानकारी दिएका छन्।

    उनले राजीनामाका क्रममा आफ्ना तीन वर्षे उपलब्धि सुनाएका छन्। यसअघिका कानुन मन्त्री खरेल महान्यायाधिवक्ताको कार्यालयबाट बाहिरिएर सक्रिय राजनीतिमा फर्किने भएका छन्। 

    पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि सर्वोच्च अदालतमा परेको रिटमा सरकारको राम्ररी बचाउ गर्न नसकेको भन्दै खरेलसँग प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट रहेको चर्चा थियो।

    प्रतिनिधिसभा विघटनको सर्वोच्चमा राम्ररी बचाउ गर्न नसकेपछि खरेलले त्यही बेलै राजीनामा दिने चर्चा थियो। तर त्यसबेला उनलाई प्रधानमन्त्रीले नै मुद्दाको छिनोफानो भएपछि निर्णय लिन भनेका थिए। 

    उनी सम्भावित प्रतिनिधिसभाको निर्वाचनका लागि झापा फर्केर तयारीमा लाग्ने भएका छन्। खरेल प्रधानमन्त्री ओलीका एकजना विश्वास पात्रमध्ये एकजना हुन्। 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology