Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री ओलीले गरेका कार्यहरु इतिहासमा कालो अक्षरले लेखिन्छ - पम्फा भुसाल

प्रधानमन्त्री ओलीले गरेका कार्यहरु इतिहासमा कालो अक्षरले लेखिन्छ - पम्फा भुसाल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ६, २०७७ शुक्रवार • १७:२५:१६ बजे
  • 1.8K
    SHARES
  • प्रधानमन्त्री ओलीले गरेका कार्यहरु इतिहासमा कालो अक्षरले लेखिन्छ - पम्फा भुसाल

    पोखरा - माओवादी केन्द्रकी नेतृ एवं सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी छिन् । उनले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले असंवैधानिक भएको फैसला गरेपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उल्लेख गरिन् ।

    images

    जिब्रो चिप्लिएकै आधारमा कानुन मन्त्रीको राजीनामा गराउने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको मुद्दामा पराजित हुँदासमेत राजीनामा नदिएको भन्दै उनले राजनीतिलाई विकृत र बदनाम गराएको आरोप लगाइन्।

    उनले ३ वर्ष सरकार तथा पार्टी सञ्चालनका क्रममा प्रधानमन्त्री ओलीले गरेका कार्यहरु इतिहासमा कालो अक्षरले लेखिने बताउँदै प्रधानमन्त्रीले आफ्नो नैतिकता गुमाएको बताइन् । उनले हाम्रो जस्तो देशमा तीन तीन बर्षमा चुनाव हुन सक्छ भन्ने प्रश्न गर्दै उनले देशमा १८ लाख युवा बेरोजगार रहेको भन्दै उनीहरुलाई खान लाउन दिनुपर्दैन भन्दै प्रश्न गरिन् ।

    उनले सरकार जनताप्रति उत्तरदायी हुन नसकेको उल्लेख गर्दै कोभिड बिरुद्ध मित्रराष्ट्रले सित्तैमा दिएको खोप पनि ल्याउन नसकेको भन्दै आलोचना गरिन् ।

    उनले सरकारले संसदको कार्यव्यवस्था समितिमा कुनै एजेण्डा नदिने र संसद चल्न सकेन, प्रभावकारी भएन भन्दै उल्टो बाटोमा गएर सभामुखलाई गाली गर्न पाइन्छ ? भन्दै प्रश्न गरिन् । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयक असंवैधानिक रहेकोले त्यसको विरोध गरेको तर एसिड आक्रमण विरुद्धको विधेयकमाथि कुनै पार्टीले पनि बिरोध नगरेको स्पष्ट पारिन् । उनले विचाराधीन विधेयकहरुलाई अघि बढाउन पनि आग्रह गरिन् ।

    पार्टीको घोषणा पत्र समाजवादतिर जाने खालको भएको तर सरकाले हरेक वर्ष ल्याएका बजेट  दलाल पुँजीपति वर्गलाई संरक्षण गर्ने, कमिसनखोर र भ्रष्टाचारीलाई संरक्षण मात्रै बजेट भएको उनले आरोप लगाइन् ।

    त्यसबारे पार्टीमा, संसदीय दलमा कुरा उठाउँदा ओलीले सुन्नै नचाहेको भुसालले बताइन् ।

  • सम्बन्धित विषय:

  • # पम्फा भुसाल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology