Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्रीको सत्तामा बसिरहने नैतिकता समाप्त - प्रमुख सचेतक बालकृष्ण खाँड

प्रधानमन्त्रीको सत्तामा बसिरहने नैतिकता समाप्त - प्रमुख सचेतक बालकृष्ण खाँड

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ६, २०७७ शुक्रवार • १८:०६:०४ बजे
  • 2.9K
    SHARES
  • प्रधानमन्त्रीको सत्तामा बसिरहने नैतिकता समाप्त - प्रमुख सचेतक बालकृष्ण खाँड

    नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संसद्वि घटनविरुद्ध सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी ओली पदमा बसिरहन नहुने तर्क गरेका छन । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै प्रधानमन्त्रीमाथि नैतिकताको प्रश्न उठेको उनको भनाइ थियो ।

    images

    "प्रधानमन्त्रीले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापित भएपछि नैतिकता देखाउनुपर्छ कि पर्दैन ?" प्रतिनिधसिभाको शुक्रबारको बैठकमा नेता खाँडले प्रश्न गरे 'सरकारले आफ्नो गलत कदलमको नैतिक जिम्मा लिनुपर्छ कि पर्दैन ? असंवैधानिक कदम भनेर न्यायापालिकाले भनिसकेपछि विधिको शासन मान्छौँ, संविधानवाद मान्छौँ भनेर नैतिक उत्तरदायित्व लिनु पर्छ कि पर्दैन ?

    वर्तमान सरकार गठन भएदेखि नै संविधानको मौलिक हक र लोकतन्त्रमाथि प्रहार सुरु गरेको आरोप लगाउँदै अब सरकारसँग सत्तामा बसिरहने नैतिकता समाप्त भएको नेता खाँडले बताए । यस्तै यस सरकारले विचार तथा अभिव्यक्ति स्वतन्त्रतामा पनि प्रहार गर्दैआएको उनको भनाइ थियो ।

    सरकारमा रहेका साथीहरु एकपटक छातीमा हात राख्नुस् र संविधान हेरेर भन्नुस् अग्रगमन भएको छ कि प्रतिगमन ? मिडियामाथि प्रतिबन्ध लगाउन मिडिया काउन्सिल विधेयक ल्याएको होइन ? त्यही हो अग्रगमन ? जोसुकैका फोन, मोबाइल, ल्यापटप ट्रयाक गरेर गोपनीयताको मौलिक हकमाथि प्रहार गरेको होइन ? खाँडले प्रश्न गरे ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology